Kathmandu Press

स्वास्थ्य क्षेत्रमा १० प्रतिशतभन्दा बढी बजेट छुट्याउन सांसदहरुको माग

काठमाडौं, वैशाख २९ : सांसदहरुले आगामी बजेट कोरोना भाइरस नियन्त्रणका लागि स्वास्थ्य क्षेत्रमा केन्द्रित हुनु पर्ने बताएका छन्। सोमबार बसेको राष्ट्....

स्वास्थ्य क्षेत्रमा १० प्रतिशतभन्दा बढी बजेट छुट्याउन सांसदहरुको माग

काठमाडौं, वैशाख २९ : सांसदहरुले आगामी बजेट कोरोना भाइरस नियन्त्रणका लागि स्वास्थ्य क्षेत्रमा केन्द्रित हुनु पर्ने बताएका छन्। सोमबार बसेको राष्ट्रियसभा बैठकमा बोल्ने सांसदहरुले स्वास्थ्य क्षेत्रका लागि १० प्रतिशतभन्दा बढी बजेट छुट्याउन माग गरेका हुन्।

आर्थिक वर्ष २०७७÷०७८ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) को छलफलमा भाग लिँदै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले आगामी बजेटले कोभिड–१९ रोकथाम, विपद् न्यूनीकरणलगायतका विषयलाई प्राथमिकता दिनुपर्ने बताए।

उनले भने,‘आम किसानको रक्षा गर्दै कृषि क्रान्तिमा आधारित बजेट हुनुपर्छ, किसानलाई राहतको व्यवस्था गर्दै उत्पादन गर्नुपर्ने छ, उत्पादन र रोजगारीलाई मुख्य प्राथमिकता दिनुपर्छ, सार्वजनिक स्वास्थ्य र शिक्षमा ध्यान दिँदै त्यसबारे विशेष योजना बजेटमा आउनुपर्छ।’ 

उनले भारतले नेपालको लिपुलेकसम्म बाटो बनाएर नेपालको सीमा अतिक्रमण भएकोप्रति विरोध जनाउँदै आफ्नो देशको राष्ट्रियता जोगाउन सबै नेपाली लाग्नुपर्नेमा जोड दिए। उनले भने, “नेपालका सीमामा भएको अतिक्रमणबारे राष्ट्रियसभामा पनि छफफल हुनुपर्ने थियो तर हुन सकेको छैन, राष्ट्रिय संवेदनशील विषय राष्ट्रियसभाको विषय बन्नुपर्छ।” बजेटलाई अनावश्यक महत्वकांक्षी नबनाउनेभन्दा पनि आजको आवश्यकताका आधारमा बजेट ल्याउनुपर्ने उनको भनाइ छ। 

नेपाली कांग्रेसका नेता जीतेन्द्रनारायण देवले आगामी बजेटमा कोरोना नियन्त्रणका लागि स्वास्थ्य क्षेत्रमा कम्तीमा १० प्रतिशत बजेट विनियोजन गर्नुपर्ने बताउँदै उत्पादन र रोजगारी बढाउने क्षेत्रमा लगानी गर्दै बजेट छुट्याउनुपर्नेमा जोड दिए। सांसद शेखरकुमार सिंहले सीमा क्षेत्रको रक्षा गर्दै कृषिमा आधारित बजेट आउनुपर्ने बताए। 

सांसद बेदुराम भुसालले भौगोलिक अखण्डतामाथि अतिक्रमण भएकोप्रति आपत्ति जनाउँदै त्यसलाई बचाउनका लागि सरकार र सबै नेपालीसमक्ष आग्रह गरे। उनले जनतालाई रोग र भोकबाट हटाउने, रोजगारी सिर्जना गर्नेलगायत विषयमा बजेटले प्राथमिकता दिनुपर्नेमा जोड दिए। 

सांसद जगप्रसाद शर्माले शहीद परिवार र अपाङ्ग समुदायको सवाल बजेटको सिद्धान्त र प्राथमिकतामा समावेश गर्नुपर्ने बताए। रासस

प्रकाशित मिति: १५:३७ बजे, सोमबार, वैशाख २९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्