२५ वर्षभित्र साढे १२ हजार डलर पुर्याउने सरकारको लक्ष्य
काठमाडौं, फागुन २२ : राष्ट्रिय योजना आयोगले आगामी २५ बर्षभित्र नेपालीको प्रतिव्यक्ति आय १२ हजार ५ सय अमेरिकी डलर पुर्याउने लक्ष्य सहितको १५ ....
काठमाडौं, फागुन २२ : राष्ट्रिय योजना आयोगले आगामी २५ बर्षभित्र नेपालीको प्रतिव्यक्ति आय १२ हजार ५ सय अमेरिकी डलर पुर्याउने लक्ष्य सहितको १५ औँ योजनाको मस्यौदा तयार गरेको छ ।
आयोगले तयार पारेको उक्त मस्यौदामा विक्रम सम्वत २०९९ सम्ममा प्रतिव्यक्ति आय १२ हजार ५ सय डलर पु¥याउने लक्ष्य राखिएको राष्ट्रिय योजना आयोगका सहसचिव खोमराज कोइरालाले बताए ।
नेपालीको प्रतिव्यक्ति आय २०७२ मा ७ सय ६२ डलर रहेको थियो भने २०७५ मा बढेर १ हजार १२ डलर पुगेको छ । आयोगले आगामी २५ वर्षमा उच्च आय भएको विकसित मुलुकको रुपमा विकास गर्ने लक्ष्य सहित यस्तो प्रक्षेपण सार्वजनिक गरेको हो ।
दीर्घकालिन सोच सहितको पन्ध्रौ योजनाको मस्यौदामा आयोगले आगामी २०७९ मा अतिविकसित मुलुकको स्तरबाट स्तरोन्नती गर्दै प्रतिव्यक्ति आय १ हजार ५ सय पु¥याउने लक्ष्य राखिएको छ । २०८७ मा दिगो विकासको लक्ष्य प्राप्ति गर्दै उच्च मध्यम स्तरको मुलुकको रुपका विकास गर्ने लक्ष्य राख्दै प्रतिव्यक्ति आय ४ हजार १ सय डलर पु¥याउने योजना आयोगले सार्वजनिक गरेको छ ।
दीर्घकालीन सोच सहितको वि.स २१०० का मार्गदर्शक
आगामी २५ लाई दीर्घकालीन सोचमा समृद्ध नेपाल, सुखी नेपाली भन्ने नारालाई मुर्तरुप दिने समेत योजना अगाडी सारिएको छ । जसमा पहिलो चरणमा पन्ध्रौ योजना ५ वर्ष भित्र समृद्धि र सुखको सिर्जना गर्ने घोषणा गरिएको छ । त्यस्तैगरी सोह्रौ योजना र सत्रौ योजनामा समृद्धि र सुखको तीव्रता दिगो विकासका लक्ष्य प्राप्ती गर्ने योजनामा राखिएको छ । त्यस्तै आगामी अठारौ र उन्नाइसौं योजनामा समृद्धि र सुखको दिगोपना दिने समेत योजनामा राखिएको छ ।