विदेशबाट नेपाली ल्याउन गगन थापाद्वारा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव दर्ता
काठमाडौं, वैशाख २९ : कोरोना भाइरसको महामारीका कारण विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई स्वदेश फर्काउन माग गर्दै सांसद गगन थापाले संसद्मा जरु....

काठमाडौं, वैशाख २९ : कोरोना भाइरसको महामारीका कारण विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई स्वदेश फर्काउन माग गर्दै सांसद गगन थापाले संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन्
सोमबार संसद्मा दर्ता गराएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमा विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई तत्काल सुरक्षित फिर्ता गर्ने व्यवस्था गर्न माग गरिएको छ। यसमा सांसदद्वय डा.डिला संग्रौला र प्रकाश रसाइली (स्नेही) समर्थक रहेका छन्।
कोरोना भाइरसको महामारीका कारण विदेशमा थुप्रै नेपाली अप्ठ्यारोमा परेका छन। विशेष गरेर भारतमा हजारौं नेपाली अलपत्र समेत परेका छन्।
प्रकाशित मिति: १४:०८ बजे, सोमबार, वैशाख २९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











