Kathmandu Press

सप्तरीका एक युवकमा कोरोना संक्रमण, संक्रमितको संख्या १२१ पुग्यो

काठमाडौं, वैशाख २९ : सप्तरीका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ। सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं ३ का १८ वर्षका युवकमा कोरोना संक्रमण ....

सप्तरीका एक युवकमा कोरोना संक्रमण, संक्रमितको संख्या १२१ पुग्यो

काठमाडौं, वैशाख २९ : सप्तरीका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ। सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं ३ का १८ वर्षका युवकमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२१ पुगेको छ। 

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार उनको धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जाँच गर्दा कोरोना पोजेटिभ देखिएको हो।

संक्रमित युवा स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १३:५९ बजे, सोमबार, वैशाख २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्