Kathmandu Press

लिपुलेक अतिक्रमणको विरोधमा मोदीको पुत्ला दहन

काठमाडौं, वैशाख २९ : दार्चुलास्थित लिपुलेक अतिक्रमण गरेर भारतले सडक बनाएको विरोधमा प्रदर्शन गरिएको छ। प्रदर्शनकारीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोद....

लिपुलेक अतिक्रमणको विरोधमा मोदीको पुत्ला दहन
रिवाज राई

काठमाडौं, वैशाख २९ : दार्चुलास्थित लिपुलेक अतिक्रमण गरेर भारतले सडक बनाएको विरोधमा प्रदर्शन गरिएको छ। प्रदर्शनकारीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेका छन्।

सोमबार संसद् भवन नजिकै बानेश्वरमा युवा समूहले प्रदर्शन गरेको हो। उनीहरुले प्रदर्शनका क्रममा भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन गरेका हुन्। प्रदर्शनमा उत्रिएका युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

भारतले पिथौरागढदेखि मानसरोवर जोड्ने सडक नेपाली भूमि लिपुलेक अतिक्रण गरेर बनाएपछि दैनिकजसो प्रदर्शन भइरहेको छ।

यसको संसद्मा पनि चर्को विरोध भइरहेको छ। सत्ता र प्रतिपक्षका सांसदले विरोध गर्दै आएका छन्।

प्रकाशित मिति: १३:४० बजे, सोमबार, वैशाख २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्