Kathmandu Press

सौर्य एरलाइन्स खारेज र चालकलाई हदैसम्मको कारबाही गर्नुपर्छ : सांसद पाण्डे

पाण्डेले अत्याधिकरुपमा लापरबाही तथा जहाज मालिकको व्यापारिक स्वार्थका कारण नेपालमा जहाज दर्घटना हुने गरेको ठोकुवा गरे।
सौर्य एरलाइन्स खारेज र चालकलाई हदैसम्मको कारबाही गर्नुपर्छ : सांसद पाण्डे

काठमाडौं, साउन १० : राज्य व्यवस्था तथा सुशासन समितिद्वारा गठित सौर्य जहाज दुर्घटना छानबिन उपसमितिका संयोजक राजेन्द्र पाण्डेले सौर्य एरलाइन्सलाई खारेज र विमान चालकलाई हदैसम्मको कारबाही हुनुपर्ने बताएका छन्। 

पीडत परिवारद्वारा गठित म्याप मेमोरियल सोसाईटीले आयोजना गरेको कार्यक्रममा पाण्डेले एरलाइन्सका मालिक दिपक पोखरेल प्रधानमन्त्री केपी ओलीको संरक्षणमा रहेकोसमेत आरोप लगाए।

Hardik ivf

सांसद पाण्डेले गम्भीर लापरबाहीको कारण सौर्य एयर दुर्घटना भएको बताएका छन्। शक्तिको आडमा सौर्यका मालिक पोखरेलले चलाउनै नमिल्ने थोत्रो जहाज जबजस्त चलाएको आरोप लगाउँदै भने, ‘दिपक पोखरेल केपी ओलीका भित्रिया झापाली भएकाले सौर्य एयरलाई उन्मुक्ति दिन खोजिदै छ।’

१८ जना नागरिकको ज्यान लिएको दुर्घटनामा संलग्न दोषीउपर कारबाहीको लागि आफू नेतृत्वको समितिले पर्यटन मन्त्रालयलाई निर्देशन दिने पनि जानकारी दिए।

पाण्डेले अत्याधिकरुपमा लापरबाही तथा जहाज मालिकको व्यापारिक स्वार्थका कारण नेपालमा जहाज दर्घटना हुने गरेको ठोकुवा गरे।

सौर्य दुर्घटनामा गम्भिर मानवीय त्रुटी भएको ठोकुवा गर्दै पाण्डेले भने, ‘मर्मत गर्न भनिएको जहाजमा पाइलटसहति १९ जना किन बोकियो, सौर्यसँग असम्बन्धित चार वर्षको बालक र उर्जा मन्त्रालयमा कार्यरत प्रिजा खतिवडालाई कर्मचारी बनाउनु हदैसम्मको अवैधानिक कार्य हो।’ 

विमानभित्र अत्याधिक प्रज्वलनशील पदार्थ बोक्नु, हाल्न नहुने लोड हाल्नु, क्यानको अनुमति बिना ‘फेरी’ जहाज उडाउनु, ८ किलोमिटरसम्मको भिजिबिलिटी हुँदाहुँदै पनि दुर्घटना हुनुलाई सामान्य रुपमा लिन नसकिने उनले बताए। 

प्रकाशित मिति: ०७:५३ बजे, शनिबार, साउन १०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्