Kathmandu Press

२२ करोड ठगी आरोप लागेका अग्रवाललाई अदालतको तीन दिन थुना म्याद 

शुक्रबार काठमाडौं जिल्ला अदालतले उनलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। 
२२ करोड ठगी आरोप लागेका अग्रवाललाई अदालतको तीन दिन थुना म्याद 

काठमाडौं, साउन ९ : २२ करोड रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेका सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाललाई अदालतले थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको छ। 

शुक्रबार काठमाडौं जिल्ला अदालतले उनलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। 

२२ करोड रुपैयाँ ठगी गरेको आरोपसहित पीडितको उजुरीका आधारमा अग्रवाल साउन ५ गते काठमाडौंको टोखाबाट पक्राउ परेका थिए। 

अदालतले यसअघि पनि तीन दिन थुनामा राख्न म्याद थप गरिएको थियो। अग्रवालविरुद्ध सेयर बजारमा चलखेल गर्ने गरेको आरोप समेत लाग्ने गरेको छ। 
 
प्रकाशित मिति: १७:१२ बजे, शुक्रबार, साउन ९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्