संविधानले मलाई सक्रिय राजनीतिमा आउन रोकेको छैन : भण्डारी
‘संविधानका विभिन्न धारा मर्म र भावना कहिँकतै पनि म दलमा आवद्ध भएर राजनीतिमा संलग्न हुन नसक्ने अवस्था छैन, यो छर्लङग भएको विषय हो,’ उनले भनिन्, ‘त्यसैले मलाई पार्टीको सदस्यताबाट वञ्चिीत गर्नुपर्ने कुनै कुरा छैन।’-1753441724.png)
काठमाडौं, साउन ९ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले पनि आफूलाई दलमा आवद्ध भएर राजनीतिमा संलग्न हुन नरोकेको बताएकी छन्।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले संविधानका विभिन्न धाराले कहींकतै दलमा आवद्ध भएर राजनीतिमा संलग्न हुन नसक्ने नभनेको भन्दै पार्टीको सदस्यताबाट बन्चित गर्नुपर्ने कुनै कारण नभएको बताइन्।
‘संविधानका विभिन्न धारा मर्म र भावना कहिँकतै पनि म दलमा आवद्ध भएर राजनीतिमा संलग्न हुन नसक्ने अवस्था छैन, यो छर्लङग भएको विषय हो,’ उनले भनिन्, ‘त्यसैले मलाई पार्टीको सदस्यताबाट वञ्चिीत गर्नुपर्ने कुनै कुरा छैन।’
पूर्वराष्ट्रपति भण्डारीले राजनीति व्यक्ति भएकाले राष्ट्रपतिको जिम्मेवारी पूरा गरेर राजनीति दलमा आवद्ध भइ देश र जनताको सेवा गर्ने संकल्प गर्नु कुनै आश्चर्यको विषय नभएको पनि बताइन्।
‘म एक राजनीति व्यक्ति भएकाले राष्ट्रपतिको जिम्मेवारी पूरा गरेर राजनीति दलमा आवद्ध भइ देश र जनताको सेवा गर्ने संकल्प गर्नु कुनै आश्चर्य मान्नुपर्ने विषय होइन्,’ उनले भनिन्, ‘यो कुनै पदमा महत्कांक्षी र आशा ममा छैन। किनकी मैले आफ्नो नाम इतिहासमा लेखिसकेको छु।’
उनले आफ्नो उद्देश्य पार्टीको सदस्य बन्ने र पार्टीलाई सवल एवं सुदृढ बनाउँदै देश र जनताको सेवा गर्ने भएको बताएकी छिन्।
मूलुकको एक जिम्मेवार नागरिक भएको नाताले आफ्नाबारे उठेको चासो र सरोकारलाई थप स्पष्ट पार्नु दायित्व भएको पनि उनको भनाई छ।



-(7)-1765197040.jpg)





-(7)-1765197040.jpg)

-1765195794.jpg)
-1765195343.jpg)