आवेग र उत्तेजनाको निर्णयले सत्यलाई छोप्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
भण्डारीले एमाले कार्यकर्तालाई पार्टीमा अझै एकताका लागि जुट्न अनुरोध गर्दै आफ्नो सदस्यता कायम नभएको कुराले आफु बिचलित नहुने पनि बताइन्।
काठमाडौं, साउन ९ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी सदस्यता लिएको ४५ वर्ष भइसकेको बताउँदै आवेग र उत्तेजनाले सत्यलाई छोप्न नसक्ने बताएकी छन् ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा भण्डारीले उक्त भनाई राखेकी हुन्।
‘म राष्ट्रपति हुँदा नै पार्टी सदस्य भएको ३५ वर्ष भइसकेको थियो । अहिले पार्टी सदस्य भएको ४५ वर्ष भइसकेको छ । यति हुँदाहुँदै मलाई पार्टी सदस्य हुनबाट वञ्चित गर्न कदापि मिल्दैन,’ भण्डारीले भनिन्।
आफूलाई पार्टी र राजनीतिमा रोक्नेगरी एमालेले गरेको निर्णय वैध र परिपक्व हुन नसक्ने उनको भनाई छ।
‘यस प्रकारका निर्णयले पार्टीको साख र प्रतिष्ठालाई गिराउनेछ । आवेग र उत्तेजनाका भरमा गरिएका यस्ता निर्णयले सत्यले अस्थायी रुपमा प्रभावित तुल्याउन सकिए पनि वास्तविकतालाई समेत छोप्न सकिँदैन । छलफल गरेर मात्र विवेकसंगत ढंगबाट निर्णय लिनुपर्छ भन्ने पार्टी र जबजको मर्म पनि यही हो। पार्टी निर्माणसम्बन्धी जनवादी केन्द्रीयताको वैज्ञानिक सिद्धान्त प्रतिकूल हुनेगरी गरिएको निर्णय वैध र परिपक्व हुन सक्दैन।’
भण्डारीले एमाले पार्टी बनाउन आफुलगायत हजारौं योद्धा र सदस्यले रगत पसिना बगाएको समेत बताइन् । ‘यो कुरा म कुनै भावनामा बगेर गरिरहेको छैन,’ उनले भनिन्।
यस्तै भण्डारीले एमाले कार्यकर्तालाई पार्टीमा अझै एकताका लागि जुट्न अनुरोध गर्दै आफ्नो सदस्यता कायम नभएको कुराले आफु बिचलित नहुने पनि बताइन्।
उनको थप भनाई थियो, ‘मेरो बिषयमा गरिएका निर्णयबाट म बिचलित हुने छैन ।’ नवीकरण भइसकेको सदस्यता विवादमा पार्न पर्ने विषय नरहेको समेत उनले बताइन्।
पार्टीको सदस्य हुन संविधानको धारा र विधानले नछेक्ने कुरा घाम जत्तिकै छर्लङग रहेको भनाई समेत भण्डारीले राखिन् ।



-(7)-1765197040.jpg)





-(7)-1765197040.jpg)

-1765195794.jpg)
-1765195343.jpg)