Kathmandu Press

‘सदस्यता नवीकरण नगरिएको विषय पार्टीको विज्ञप्तिमार्फत मात्र थाहा पाउँदा दुःखी बनायाे’

‘सदस्य नवीकरण नगरेको कुरा पार्टीको विज्ञप्तिमार्फत थाहा पाएँ । नवीकरण भइसकेको सदस्यता विवादमा पार्न पर्ने विषय होइन। संविधानको धारा र विधानले छेक्दैन घाम जत्तिकै छर्लङग छ।’ 
‘सदस्यता नवीकरण नगरिएको विषय पार्टीको विज्ञप्तिमार्फत मात्र थाहा पाउँदा दुःखी बनायाे’

काठमाडौं, साउन ९ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सदस्य नवीकरण नगरिएको बिषय पार्टीको विज्ञप्तिमार्फत मात्र थाहा पाएको बताएकी छन्। 

शुक्रबार बबरमहलस्थित कार्की बैंकेटमा पत्रकार सम्मेलनको आयोजना गर्दै भण्डारीले यस्तो भनाई राखेकी हुन्। 

Hardik ivf

पत्रकार सम्मेलनमा भण्डारीले भनिन्, ‘सदस्य नवीकरण नगरेको कुरा पार्टीको विज्ञप्तिमार्फत थाहा पाएँ । नवीकरण भइसकेको सदस्यता विवादमा पार्न पर्ने विषय होइन। संविधानको धारा र विधानले छेक्दैन घाम जत्तिकै छर्लङग छ।’ 

उनले पार्टी सदस्य हुनबाट बञ्चित हुनुपर्ने कुनै कारण नभएको बताउँदै एमालेको अपरिपक्व निर्णयले दुःखी बनाएको भनाई पनि राखिन्। 

प्रकाशित मिति: १६:१५ बजे, शुक्रबार, साउन ९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्