Kathmandu Press

भ्रमणबाट दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनेको छ : परराष्ट्रमन्त्री राणा 

मन्त्री डा.राणाले दुई देशका बीचमा पाहुनाहरुको स्वागत, बहुधार्मिक र बहुसांस्कृतिक मूल्यमान्यताहरुको सम्मान तथा सहिष्णुता तथा पर्यटन र यसमार्फत् प्राप्त गर्न सकिने समृद्धिलगायतका समानताहरु रहेका चर्चा गरिन्।
भ्रमणबाट दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनेको छ : परराष्ट्रमन्त्री राणा 

काठमाडौं, साउन ९ : परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले नेपाल र थाइल्याण्डका बीचमा कैयौँ सांस्कृतिक समानता रहेको उल्लेख गरेकी छन्। 

शुक्रबार काठमाडौंमा आयोजित ‘थाइ फ्लेभसर्् इन द हिमालज्’ ट्रेड फेयरको उद्घाटन गर्दै उनले नेपाल र थाइल्याण्डबीच ऐतिहासिक सम्बन्ध रही आएको र दुई देशबीचमा सांस्कृतिक लगायतका धेरै क्षेत्रमा समानता रहेका बताइन्।

Hardik ivf

मन्त्री डा.राणाले दुई देशका बीचमा पाहुनाहरुको स्वागत, बहुधार्मिक र बहुसांस्कृतिक मूल्यमान्यताहरुको सम्मान तथा सहिष्णुता तथा पर्यटन र यसमार्फत् प्राप्त गर्न सकिने समृद्धिलगायतका समानताहरु रहेका चर्चा गरिन्।

पर्यटन दुई देशका बीचको साझा समृद्धि एवं सहकार्यको क्षेत्र हुनसक्ने स्पष्ट गर्दै मन्त्री राणाले नेपालमा पनि पर्यटनको अथाह सम्भावना रहेकाले पर्यटन एवं हस्पिटालिटीका क्षेत्रमा लगानी गर्न थाई लगानीकर्ताहरुलाई आग्रह गरेकी छन्। 

नेपाल उद्यमशिलताका क्षेत्रमा अघि बढिरहेको र हस्तकला लगायतका कैयौँ वस्तुको उत्पादन विश्व बजारको आकर्षण पनि बनेको भन्दै उनले नेपालमा लगानी गर्न थाई उद्योगी व्यवसायीहरुलाई आग्रह गरिन्। 

नेपाल र थाइल्याण्ड कहिल्यै पनि कुनै उपनिवेशमा नरहेका स्वतन्त्र र स्वाधीन राष्ट्र भएको उल्लेख गर्दै मन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीले हालै थाइल्याण्डको भ्रमण गरेको र त्यस क्रममा सरकारी तथा निजी क्षेत्रमा सहमति र समझ्दारीहरु भएका पनि स्मरण पनि गरेकी छन्। 

भ्रमणबाट दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनेको र आगामी दिनमा यस प्रकारका उच्चस्तरीय भ्रमणहरुलाई निरन्तरता दिनुपर्ने पनि उनले बताइन्। नेपालस्थित थाई दूतावास र भाटभटेनी सुपरमार्केटद्वारा सो फेयरको आयोजना गरिएको हो। 

प्रकाशित मिति: १५:२१ बजे, शुक्रबार, साउन ९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्