Kathmandu Press

प्रतिनिधिसभामा कांग्रेसले नेतृतव गरेका संसदीय समितिमा हेरफेर 

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले कांग्रेसबाट प्रतिनिधित्व गर्ने चार सांसदहरुको विषयगत समिति हेरफेरको प्रश्ताव गरेका थिए।
प्रतिनिधिसभामा कांग्रेसले नेतृतव गरेका संसदीय समितिमा हेरफेर 

काठमाडौं, साउन ९ : प्रतिनिधिसभामा नेपाली कांग्रेसले नेतृत्व गरेका संसदीय समितिमा फेरबदल भएको छ। 

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले कांग्रेसबाट प्रतिनिधित्व गर्ने चार सांसदहरुको विषयगत समिति हेरफेरको प्रश्ताव गरेका थिए। जसअनुसार दिक्पालकुमार शाही, विष्णुकमार कार्की, प्रतिमा गौतम र आशा विकको विषयगत समिति हेरफेर भएको छ। 

सभामुख घिमिरेको प्रस्ताव सभाले सर्वसम्मतिले पारित गरेको छ। प्रस्तावअनुसार अबदेखि दिक्पाल कुमार शाही कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिबाट महिला तथा सामाजिक मामिला समितिमा रहने छन्। 

पारित प्रश्ताव अनुसार सांसद विष्णुकुमार कार्की कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिबाट पूर्वाधार विकास समितिमा सरुवा भएका छन्। सांसद प्रतिमा गौतम पूर्वाधार विकास समितिबाट कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा सरुवा भएकी छन्। 

यस्तै, सांसद आशा बिक महिला तथा सामाजिक मामिला समितिबाट कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा गएकी छन्। 

प्रकाशित मिति: १५:०५ बजे, शुक्रबार, साउन ९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्