Kathmandu Press

कुलिङ पिरियड छानबिन समितिको म्याद ७ दिन थपियो 

कुलिङ पिरियडमा गडवडीका देखिएपछि गत असार २३ गते प्रतिनिधि सभाले लिएर संसदीय छानबिन समिति गठन गरेको थियो। 
कुलिङ पिरियड छानबिन समितिको म्याद ७ दिन थपियो 

काठमाडौं, साउन ९ : निजामती सेवा विधेयकमा भएको कुलिङ पिरियड गडबडीबारे छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिको म्याद ७ दिन थपिएको छ।

शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले म्याद थप सम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए। उक्त प्रस्ताव स्वीकृत भएको छ। 

कुलिङ पिरियडमा गडवडीका देखिएपछि गत असार २३ गते प्रतिनिधि सभाले लिएर संसदीय छानबिन समिति गठन गरेको थियो। 

समितिमा नेपाली कांग्रेस र नेकपा एमालेबाट दुई–दुई जना सदस्य र माओवादी केन्द्र, रास्वपा र राप्रपाबाट एक–एक जना रहेका छन्। समिति गठनका बेला  सभामुख देवराज घिमिरेको २१ दिनको समय दिएका थिए। 

उक्त समय साउन ११ गते सकिनेक्रममा थियो। समय अगावै ७ दिन म्याद थपिएपछि अब समितिले साउन १९ गतेसम्म काम गर्न पाउने छ। 

प्रकाशित मिति: १५:०२ बजे, शुक्रबार, साउन ९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्