Kathmandu Press

नेपाल कृषिप्रधान देश थियो, कुर्सीप्रधान भयो : सांसद सिंह

‘यो देश कृषिप्रधान हुँदाहुँदै कुर्सीप्रधान देश भयो कुर्सीकै लागि यत्रो हानथाप हुँदा जलस्रोतको धनी देश आज सुख्खाको चपेटामा परेको छ,’ उनले भने।
नेपाल कृषिप्रधान देश थियो, कुर्सीप्रधान भयो : सांसद सिंह

काठमाडौं, साउन ९ : स्वतन्त्र सांसद अमरेशकुमार सिंहले देशको वर्तमान संकटप्रति कडा आलोचना गर्दै सरकारको व्यवस्थापकीय कमजोरीप्रति प्रश्न उठाएका छन्। उन

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यो देश कृषिप्रधान हुँदाहुँदै कुर्सीप्रधान देश भएको  भन्दै  सरकारको  कडा आलोचना गरेका हुन्।  

‘यो देश कृषिप्रधान हुँदाहुँदै कुर्सीप्रधान देश भयो कुर्सीकै लागि यत्रो हानथाप हुँदा जलस्रोतको धनी देश आज सुख्खाको चपेटामा परेको छ,’ उनले भने।

सिंहका अनुसार तराई–मधेस क्षेत्र सुख्खाग्रस्त भइरहँदा त्यही क्षेत्रमा अवस्थित चन्द्र नहर (मधेस) र बम नहर (रौतहट–बारा) जस्ता ठूला सिँचाइ आयोजनामा पानी नहुँनु सरकारको लापरबाही र व्यवस्थापनको असफलताको प्रमाण भएको बताए।

‘किन सुख्खा परेको छ भनेर हेर्दा चन्द्र नहर, बम नहर छ, तर पानी छैन,’ सिंहले भने, ‘यो सबै व्यवस्थापकीय कमजोरी हो। सरकार आफैँले प्रकृतिले दिएको स्रोत बिगारेको छ, त्यसैको परिणाम हो यो।’

उनले प्रधानमन्त्रीको सुख्खा क्षेत्रको भ्रमणलाई प्रचारमुखी भन्दै आलोचना गरे। ‘प्रधानमन्त्री सुख्खा क्षेत्रतिर जानुभएको छ, तर अहिले जनतालाई भ्रम होइन, राहत चाहिएको हो’, सिंहले भने।
 

प्रकाशित मिति: १४:५६ बजे, शुक्रबार, साउन ९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्