रुपन्देही–३ को उपनिर्वाचनका विषयमा कांग्रेस शीर्ष नेताहरुबीच छलफल
सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा शुक्रबार बिहान शीर्ष नेताहरुलाई छलफलमा डाकिएको थियो।काठमाडौं, साउन ९ : नेपाली कांग्रेसले रुपन्देही क्षेत्र नम्बर–३ को उपनिर्वाचनको विषयमा छलफल सुरु गरेको छ ।
कांग्रेसका शीर्ष नेताहरुविच निर्बाचनका बिषयमा छलफल भएको हो। सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा शुक्रबार बिहान शीर्ष नेताहरुलाई छलफलमा डाकिएको थियो।
चुनावी रणनीतिका बिषयमा शुक्रबारको छलफल केन्द्रीत भएको जनाइएको छ। साथै, बैठकमा भूमि विधेयक र निजामती विधेयक माथि पनि छलफल भएको थियो।
अगामी कात्तिकमा रुपन्देही क्षेत्र नम्बर–३ मा उपनिर्वाचन हुँदैछ । यसअघि रुपन्देही–३ मा समानुपातिकमा पहिलो पार्टी रहे पनि कांग्रेस पराजित भएको थियो।
छलफलपछि भोटको अवस्था मजबुत रहेको निश्कर्षमा कांग्रेस पुगेको छ। आजको बैठकमा उम्मेदवारका विषयमा भने छलफल भएन।
प्रकाशित मिति: १३:३१ बजे, शुक्रबार, साउन ९, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-(7)-1765197040.jpg)





-(7)-1765197040.jpg)

-1765195794.jpg)
-1765195343.jpg)