Kathmandu Press

विशेष पत्रकार सम्मेलन गर्दै विद्या भण्डारी

उनले बानेश्वरस्थित कार्की बैंकिटमा आज दिउँसो ३ बजे विशेष पत्रकार सम्मेलन आयोजना गर्न लागेकी हुन्।
विशेष पत्रकार सम्मेलन गर्दै विद्या भण्डारी

काठमाडौं, साउन ९ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार पहिलोपटक पत्रकार सम्मेलन गर्दैछिन्। 

उनले बानेश्वरस्थित कार्की बैंकिटमा आज दिउँसो ३ बजे विशेष पत्रकार सम्मेलन आयोजना गर्न लागेकी हुन्।

सक्रिय राजनीतिमा आएको घोषणा गरेकी भण्डारीलाई उनको पार्टी नेकपा एमालेले सदस्यता नै नवीकरण नगरेर रोकेको छ।

त्यसपछि खास टिप्पणी नगरेकी भण्डारीले शुक्रबार गर्ने सम्मेलनलाई अर्थपूर्ण रुपमा लिइएको छ।

गत मंगलबार सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले उनको पार्टी सदस्यता अमान्य घोषणा गर्दै उनलाई पार्टी राजनीतिमा रोक लगाउने निर्णय गरेको छ।
 
प्रकाशित मिति: १२:३५ बजे, शुक्रबार, साउन ९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्