Kathmandu Press

लगातार कामको चापले थकित भएँ : प्रधानमन्त्री

शुक्रबार बिहान सामाजिक सञ्जामा लेख्दै  उनले थकित भएकाले हिजो (बिहीबार) बाहिरका कुनै कार्यक्रममा सहभागी नभएको जानकारी दिएका हुन् । ‘दिनरात नै लगातार कामको चापका कारण थकित थिएँ । 
लगातार कामको चापले थकित भएँ : प्रधानमन्त्री

काठमाडौं, साउन ९ : प्रधानमन्त्री केपी शर्मा ओलीले दिनरात नै लगातार कामको चापले आफू थकित भएको बताएका छन् ।

शुक्रबार बिहान सामाजिक सञ्जालमा लेख्दै  उनले थकित भएकाले हिजो (बिहीबार) बाहिरका कुनै कार्यक्रममा सहभागी नभएको जानकारी दिएका हुन् । ‘दिनरात नै लगातार कामको चापका कारण थकित थिएँ । 

Hardik ivf

हिजो बाहिरका कुनै कार्यक्रममा सहभागी भइनँ,’प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज महोत्तरी र बारा जाँदै छु । तराई मधेसमा लागेको सुख्खाले साउनको पहिलो सातासम्म पनि धान रोपाइँ हुन सकेको छैन । त्यहाँको वस्तुस्थिति हेरौँ र स्थानीय किसानहरूका कुरा पनि सुनौँ भन्ने लागेको छ। आज बारा र महोत्तरीका दिदीबहिनी दाजुभाइहरूसँग भेट हुनेछ ।’

प्रधानमन्त्री ओलीले आज महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित विग्ही नदी पुलको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । त्यसैगरि प्रधानमन्त्रीले जनकपुर–कुर्था–सम्सी सडकखण्ड रौजास्थित रातुखोलामा निर्मित पुलको उद्घाटन गर्ने कार्यक्रमसमेत छ।

प्रधानमन्त्रीले बाराको परवानीपुर गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन र सभालाई सम्बोधन गर्नेसमेत कार्यक्रम तय भएको जनाएका छन् । 
 

प्रकाशित मिति: ०८:३२ बजे, शुक्रबार, साउन ९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्