Kathmandu Press

सुशासन कायम गर्न सके देशले प्रगति गर्छ : अध्यक्ष दाहाल

‘सुशाषनको मूख्य समस्या के हो र त्यसको समाधानको उपाय के हुन् भन्नेमा हामी सबैको साझा प्रयास भयो भने हामी प्रगति गर्न सक्छौं,’ अध्यक्ष दाहालले भने, ‘त्यो कुरा हामी आफैंले अनुभव गर्यौका छौं। हामीले मिहेनत गर्यौ भने प्रगति गर्न सकिन्छ।’
सुशासन कायम गर्न सके देशले प्रगति गर्छ : अध्यक्ष दाहाल

काठमाडौं, साउन ७ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सुशासनमा देखिएका समस्याहरू समाधानमा सबैले प्रयास गरे देशले प्रगति हासिल गर्ने बताएका छन्। 

बिहीबार नेपालखबरले आयोजना गरेको ‘राइजिङ नेपाल समिट–२०२५’ मा लगानी र विकासबारे छलफलमा बोल्दै उनले सुशाषन कायम गर्न सबैले मिहेनत गरे प्रगति हासिल हुने बताएका हुन्। 

Hardik ivf

‘सुशाषनको मूख्य समस्या के हो र त्यसको समाधानको उपाय के हुन् भन्नेमा हामी सबैको साझा प्रयास भयो भने हामी प्रगति गर्न सक्छौं,’ अध्यक्ष दाहालले भने, ‘त्यो कुरा हामी आफैंले अनुभव गर्यौका छौं। हामीले मिहेनत गर्यौ भने प्रगति गर्न सकिन्छ।’

उनले विगतमा नै शिक्षा क्षेत्रको सुधारका लागि विभिन्न आयोग बनाइनुका साथै महत्वपूण प्रतिवेदन तयार गरे पनि काम गर्न नसकेको बताए। 

अध्यक्ष दाहालले २०७२ सालमा संविधान घोषणा गरे लगतै प्रहरी समायोजन गर्ने ऐन, संघीय निजामती ऐन लागु हुन पर्ने बताए। 

‘हामीले २०७२ मा संविधान घोषणा गरे लगतै प्रहरी समायोजन गर्ने ऐन, संघीय निजामती ऐन लागु गरिहाल्नु पर्थ्यो किन गरेनौं,’ उनले भने, ‘जसका कारणले देशमा अहिले नकरात्मक देखा पर्ने वातावरण किन बन्यो एता बढि ध्यान दिन जरुरी छ, त्यसो गरे हामीले सुधार गर्न सक्छौं।’

उनले सरकारले संविधान संशोधनका नाममा भन्ने र गर्ने व्यवहार फरक रहेको बताए। 
 

प्रकाशित मिति: २१:३८ बजे, बिहीबार, साउन ८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्