‘सामाजिक सुरक्षा कोषलाई भोटका रुपमा मात्र हेर्नु दुर्भाग्यपूर्ण हुनसक्छ’
उनले राजनीतिक स्थिरता भएन भने विकास निर्माणका काम गर्नको लागि पनि समस्या हुने भन्दै अहिलेको संविधान र निर्वाचन प्रणालीबाट बहुमतको सरकार नबन्ने भएको हुनाले पनि स्थिरता हनु नसकेको बताए।-(4)-1753372105.jpg)
काठमाडौं, साउन ८ : उपप्रधान एवम शहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले ल्याएको सामाजिक सुरक्षाको विषयलाई राष्ट्रको अर्थतन्त्रले कतिको धान्न सक्छ त्यसलाई ध्यान दिनुपर्ने बताएका छन्।
विहीबार काठमाडौंमा आयोजित बीपी कोइरालाको ४३औं स्कृति दिवसको अवसरमा आयोजित ‘नेपालमा आर्थिक रुपान्तरणको अवसर र चुनौती’ विषयक कार्यक्रममा उनले सामाजिक सुरक्षाको विषयलाई प्राथमिकता दिदैँगर्दा खाली भोट बटुल्नको लागि मात्रै जनतालाई अनुदान दिने होइन राष्ट्रको अर्थतन्त्रले धान्न सक्छ कि सक्दैँन् त्यसमा पनि ध्यान दिनुपर्ने बताए।
‘सरकारले सामाजिक सुरक्षाको विषयलाई यति प्राथमिकता दिएको बेला दिगो रुपमा जान सक्छ कि सक्दैँन् त्यो पनि हेर्नुपर्छ,’ उनले भने, ‘खाली भोट बटुल्नको लागि मात्रै जनतालाई अनुदान दिने कुरालाई राष्ट्रको अर्थतन्त्रले कतिको धान्न सक्छ कि सक्दैँन् भन्ने प्रश्न पनि उठि सकेको हुनाले यसमा पनि छलफल गरेर अगामी दिनमा नेपालको अर्थतन्त्र कसरी सुरक्षित गर्न सक्छौ भन्नेतिर लाग्नुपर्छ भन्ने मलाई लागेको छ।’
यस्तै, उनले राजनीतिक स्थिरता भएन भने विकास निर्माणका काम गर्नको लागि पनि समस्या हुने भन्दै अहिलेको संविधान र निर्वाचन प्रणालीबाट बहुमतको सरकार नबन्ने भएको हुनाले पनि स्थिरता हनु नसकेको बताए।
मन्त्री सिंहले विपी कोइरालाको विचारधारा कांग्रेसले छाड्यो भन्ने आवाजहरु उठिरहेको भन्दै जतिसुकै प्रतिकूल समयमा पनि काङ्ग्रेस सिद्धान्तबाट पछि नहटेको बताए।
‘विपी कोइरालाको विचारधारा काङ्ग्रेसले छाड्यो कि भन्ने कुराहरु सुनिरहेका हुन्छौ। यस्तो आवाजहरु पनि उठिरहेका हुन्छन्। तर जुन विचारधारा र पद्धतीको लागि कोइरालाले यो पार्टी स्थापना गरेको हो,’ उनले भने, ‘त्यो सिद्धान्तबाट जतिसुकै प्रतिकूल समयमा पनि नेपाली काङ्ग्रेस पछि हटेको छैन् । कुनै सम्झौता नगरि उहाँको सिद्धान्तलाई जीवन्त राखेका छौं।’
मन्त्री सिंहले कांग्रेसको सिद्धान्त र आदर्शमा सम्झौता नहुने गरि आफ्नो गतिविधिहरु अगाडि बढाएको खण्डमा समाजमा कांग्रेस प्रति आकर्षण बढ्न सक्ने भन्दै त्यसका लागि धेरै ठूला ठूला कुरा गर्नुभन्दा पनि सामान्य कुराहरुमा जानु पर्ने बताए।











-(7)-1765197040.jpg)
