Kathmandu Press

भूमिसम्बन्धी विधेयक समितिमा पठाइयो 

प्रतिनिधिसभाको बैठकमा भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले विधेयक दफाबार छलफलका लागि समितिमा पठाउन प्रस्ताव राखेका थिए। 
भूमिसम्बन्धी विधेयक समितिमा पठाइयो 

काठमाडौं, साउन ८ : भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक विहीबार संसदीय समितिमा पठाइएको छ। 

प्रतिनिधिसभाको बैठकमा भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले विधेयक दफाबार छलफलका लागि समितिमा पठाउन प्रस्ताव राखेका थिए। 

उक्त प्रश्तावलाई सदनले स्वीकृत गरेपछि छलफलका लागि समितिमा पठाइएको हो। उक्त विधेयकलाई सत्तारूढ नेपाली कांग्रेसले समिति पठाउनुपर्ने अडान राख्दै आएको थियो। विधेयकमा कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितको संशोधन छ। 

उक्त विधेयकलाई सत्तारूढ नेकपा एमालेले प्रतिनिधिसभाबाट सिधै पारित गर्ने अडान राख्दै आएको थियो। तर एमाले लचिलो भएपछि समितिमा पठाइएको हो। 

विधेयक समितिमा फिर्ता गएपछि सत्तारूढ दुई दलमा उत्पन्न विवाद पनि तत्कालका लागि साम्य भएको छ। 

प्रकाशित मिति: २०:१२ बजे, बिहीबार, साउन ८, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्