Kathmandu Press

देउवाले बोलाए पदाधिकारी बैठक 

शुक्रबार बिहान ९ बजे बुढानीलकण्ठमा बस्ने गरी बैठक बोलाइएको हो।
देउवाले बोलाए पदाधिकारी बैठक 

काठमाडौं, साउन ८ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबारका लागि पदाधिकारी बैठक बोलाएका छन्।

शुक्रबार बिहान ९ बजे बुढानीलकण्ठमा बस्ने गरी बैठक बोलाइएको हो। बैठकमा पदाधिकारी, पूर्वपदाधिकारीसहित सरकारमा रहेका केही मन्त्रीहरूलाई पनि बोलाइएको छ। 

बैठकमा पार्टीबाट सरकारमा गएका मन्त्रीहरूको समीक्षा, समसामयिक राजनीतिक गतिविधिलगायत विषयमा छलफल हुने जनाइएको छ। 

सरकारले अघि बढाएको भूमिसुधार विधेयक र कांग्रेसको अनुशासन समितिले गरेको कारबाहीका बिषयमा पनि छलफल हुने संभावना रहेको छ ।  

प्रकाशित मिति: १८:३१ बजे, बिहीबार, साउन ८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्