Kathmandu Press

समृद्धि मुठ्ठीभर मानिसको लागि नभएर आम जनताको लागि हुनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी 

‘हामीले के बिर्सनु हुँदैन भने समृद्धि केबल मुठ्ठीभर मानिसहरूको लागि होइन, आम जनताको लागि हुनुपर्दछ । लगानीसँगै रोजगारी, समावेशिता, ग्रामिण किवास, महिला उत्थानशिलता, वातावरणीय जिम्मेवारी पनि सुनिश्चित हुनुपर्दछ ।’ 
समृद्धि मुठ्ठीभर मानिसको लागि नभएर आम जनताको लागि हुनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी 

काठमाडौं, साउन ८ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समृद्धि मुठ्ठीभर मानिसको लागि नभएर आम जनताको लागि हुनुपर्ने भनाई राखेकी छिन्।

बिहीबार काठमाडौंमा आयोजित ‘राइजिङ नेपाल समिट २०२५’ कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले यस्तो भनाई राखेकी हुन् । उनले राजनीतिक स्थायित्वले मात्र लगानीको वातावरण निर्माण गर्ने बताइन्। 

समृद्धिका लागि राजनीतिक दृढता, सामाजिक समावेशिता, संविधानप्रति प्रतिवद्धता, राष्ट्रिय स्वाभिमानसँग निरन्तर जोडिरहनुपर्ने भनाइ भण्डारीको छ। 

भण्डारीले भनिन्, ‘हामीले के बिर्सनु हुँदैन भने समृद्धि केबल मुठ्ठीभर मानिसहरूको लागि होइन, आम जनताको लागि हुनुपर्दछ । लगानीसँगै रोजगारी, समावेशिता, ग्रामिण किवास, महिला उत्थानशिलता, वातावरणीय जिम्मेवारी पनि सुनिश्चित हुनुपर्दछ ।’ 

समृद्धिको मार्ग अरुको मोडल अनुशरण गर्ने मात्र होइन आफ्नै समाजका आवश्यकता, श्रोध साधन, सन्दर्भ र सम्भावनालाई गहिरो रुपमा विश्लेषण गरेर नै तय गर्नुपर्ने भनाई उनको छ। 

‘अब हामीले लगानीको ढोका खोल्ने कुरा गर्दछाँै भने त्यो ढोका केबल पुँजी र मुनाफाका लागि मात्र खोलिएको होइन। बरु त्यो ढोका सम्भावना र विश्वासका लागि पनि खोलिएको हो भन्ने ठान्नुपर्दछ,’ भण्डारीको भनाई छ, ‘हामीले हाम्रो समृद्धिको मार्ग अरुको मोडल अनुशरण गर्ने मात्र होइन आफ्नै समाजका आवश्यकता, स्रोत साधन, सन्दर्भ र सम्भावनालाई गहिरो रुपमा विश्लेषण गरेर नै तय गर्नुपर्दछ।’

प्रकाशित मिति: १८:२८ बजे, बिहीबार, साउन ८, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्