सौर्य एयरलाइन्सले फेरि उडान सुरु गर्ने
काठमाडौं, फागुन २२ : तीन महिनादेखि बन्द भएको सौर्य एयरलाइन्सले आगामी शुक्रबारदेखि पुन: उडान सुरु गर्ने भएको छ ।
गत मंसिर ११ देखि उडान ....

काठमाडौं, फागुन २२ : तीन महिनादेखि बन्द भएको सौर्य एयरलाइन्सले आगामी शुक्रबारदेखि पुन: उडान सुरु गर्ने भएको छ ।
गत मंसिर ११ देखि उडान बन्द रहेको एयरलाइन्सले शुक्रबारदेखि पुन: उडान सुरु गर्न लागेको हो । सौर्य एयरलाईन्समा नयाँ लगानीकर्ता भित्रिएसंगै पुन उडान थालिएको हो ।
एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलाई तिर्नुपर्ने बक्यौता ५० लाख रुपैयाँ पनि भुक्तानी गरेको छ । एयरलाइन्सले बाँकी रकम किस्तामा २ महिनाभित्र दाखिला गर्ने जनाएको छ ।
हाललाई २ वटा ५० सिटे सिआरजे २०० सिरिजको जहाजले विराटनगर, भैरहवा र भद्रपुर उडान गर्ने र केहि समयपछि नेपालगन्जको पनि सेवा संचालन गर्ने एयरलाइन्सले जनाएको छ । त्यसैगरी, छ महिनाभित्रमा यस एयरलाईन्सले थप एटिआर ७२ जहाजहरु ल्याई सेवा संचालन गर्नेसमेत जनाएको छ ।











-1754206481.jpg)