Kathmandu Press

जनयुद्धका बाँकी कार्यभार पूरा प्रविद्ध छौं : सिपी गजुरेल

पार्टीका स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली‘शुदर्शन’ले देशमा व्याप्त बेथिति, अन्याय अत्याचार र महङ्गी विरुद्ध आफ्नो पार्टीको युवा संघले संघर्ष चर्काउने विश्वास रहेको बताए।
जनयुद्धका बाँकी कार्यभार पूरा प्रविद्ध छौं : सिपी गजुरेल

काठमाडौं, साउन ८ : मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको सहायक संगठन क्रान्तिकारी युवा संघ नेपालले भ्रष्टाचार र कुशासनविरुद्ध काठमाडौंमा मोटरसाइकल र्‍याली निकालेको छ। 

विहीबार पार्टी कार्यालय कुपण्डोलमा कार्यबाहक महासचिव सिपी गजुरेल ‘गौरव’ले र्‍यालीको उद्घाटन गर्दै आफूहरुले जनयुद्धका बाँकी कार्यभार पूरा गर्न प्रतिबद्ध रहेकोसमेत बताएका छन्।

पार्टीका स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली‘शुदर्शन’ले देशमा व्याप्त बेथिति, अन्याय अत्याचार र महङ्गी विरुद्ध आफ्नो पार्टीको युवा संघले संघर्ष चर्काउने विश्वास रहेको बताए।

युवा संघका संयोजक सूर्य तिमल्सिना ‘जीवीत’ ले मोटरसाइकल र्‍याली भ्रष्टाचार र कुशासनविरुद्ध ‘आगोको झिल्को’ को संज्ञा दिए। ‘हाम्रो यो र्‍याली दलाल पुँजीवादी व्यवस्था र जनतका दुस्मनलाई खबरदारी हो, होसियार यसलाई हल्कारुपमा लिए भोलि कडा जवाफ दिनेछौं’, तिमल्सिनाले भने।

र्‍याली पार्टी कार्यालय कुपण्डोलबाट सुरु भएर लगनखेल, कुलेश्वोर, कालिमाटी, बनस्थली हुँदै सिफल चौरमा गएर कोणसभामा परिणत भएको थियो। 

र्‍यालीमा युवाहरुलाई स्वदेशमा रोजगारी दे, भ्रष्टचारीलाई कारबाही गर, माहंगी नियन्त्रण गर, संघीय जनगणतन्त्र जिन्दावादलगायतका नाराहरु घन्किएका थिए।
 
प्रकाशित मिति: १५:४३ बजे, बिहीबार, साउन ८, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्