Kathmandu Press

तराई–मधेसको खानेपानी समस्या समाधान गर्न जनशक्ति परिचालन गर्न निर्देशन

मन्त्री यादवले जलवायु परिवर्तनका कारण गहिरिँदै गएको तराई–मधेस क्षेत्रको खानेपानी संकटलाई मध्यनजर गर्दै समाधानका लागि दातृ निकाय, अन्तरराष्ट्रिय संघ संस्था तथा छिमेकी मुलुकसँग आवश्यक सहयोगका लागि पत्राचार गर्नसमेत निर्देशन दिए।
तराई–मधेसको खानेपानी समस्या समाधान गर्न जनशक्ति परिचालन गर्न निर्देशन

काठमाडौं, साउन ८ : खानेपानीमन्त्री प्रदीप यादवले तराई–मधेसमा उत्पन्न भएको खानेपानी समस्या समाधानका लागि आवश्यक जनशक्ति परिचालन गर्न मातहतका निकायलाई निर्देशन दिएका छन्।

आज सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आयोजित उच्च व्यवस्थापन टिम (एसएमटी) बैठकमा मन्त्री यादवले तराई–मधेससहित विशेषगरी बारा र पर्सामा उत्पन्न खानेपानी समस्याको तत्काल समाधानका लागि सम्बन्धित एवं मातहत निकायका प्रमुखलाई आवश्यक जनशक्ति परिचालन गर्न निर्देशन दिएका हुन्। 

Hardik ivf

‘विशेषगरी तराई–मधेस क्षेत्रका आठ जिल्लामा देखिएको खानेपानी समस्यालाई समाधान गर्न हाम्रो सम्पूर्ण जनशक्ति परिचालन गरौँ, हाम्रो टिम र जनशक्ति खटिए त्यहाँको खानेपानीको समस्या समाधान गर्न सकिने छ,’ उनले भने। 

यसैगरी मन्त्री यादवले जलवायु परिवर्तनका कारण गहिरिँदै गएको तराई–मधेस क्षेत्रको खानेपानी संकटलाई मध्यनजर गर्दै समाधानका लागि दातृ निकाय, अन्तरराष्ट्रिय संघ संस्था तथा छिमेकी मुलुकसँग आवश्यक सहयोगका लागि पत्राचार गर्नसमेत निर्देशन दिए।

बैठकबाट विपद् व्यवस्थापनका लागि बजेट सुनिश्चितता, विनियोजित बजेटको लचिलो प्रयोगका लागि सहमति, खानेपानी आपूर्तिको व्यवस्थापका लागि सहजीकरण गर्न टोली खटाउने, अन्तरराष्ट्रिय सहयोगका लागि पहल गर्ने लगायतका निर्णय गरिएको मन्त्रालयका सचिव इन्जिनियर प्रमिलादेवी शाक्य बज्राचार्यले जानकारी दिए। 

पानीको संकटग्रस्त जिल्लामा तात्काल खानेपानी आपूर्ति सुनिश्चित गर्न अर्थ मन्त्रालयमार्फत मित्र राष्ट्र एवं दातृ निकायसँग ट्यांकर, बोरिङ सेटअप, प्याकेज्ड वाटर वितरण लगायतका सम्भावित सहयोगका क्षेत्रमा राहत कार्यक्रम सञ्चालन गर्न सहकार्यका लागि अनुरोध गर्ने निर्णयसमेत गरिएको मन्त्रालयले जनाएको छ।
 

प्रकाशित मिति: १४:५६ बजे, बिहीबार, साउन ८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्