Kathmandu Press

आज पनि रास्वापा र राप्रपाद्वारा सदन बहिष्कार

दुवैले बोलिसकेपछि दुवै दलका सांसदहरु बैठक बहिस्कार गर्दै बाहिरिएका थिए। दुवै दलले ५९ दिनदेखि बैठक बहिस्कार गर्दै आएका छन्। 
आज पनि रास्वापा र राप्रपाद्वारा सदन बहिष्कार

काठमाडौं, साउन ८ : भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन समितिको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज पनि संसद बैठक बहिस्कार गरेका छन्। 

बिहीबारको बैठक सुरु भएलगत्तै दुवै दलका सांसदहरु उठेका थिए। त्यसपछि सभापति देवराज घिमिरेले रास्वापाकी तोसिमा कार्की र राप्रपाका दिपकबहादुर सिंहलाई बोल्न समय दिएका थिए। 

दुवैले बोलिसकेपछि दुवै दलका सांसदहरु बैठक बहिस्कार गर्दै बाहिरिएका थिए। दुवै दलले ५९ दिनदेखि बैठक बहिस्कार गर्दै आएका छन्। 

भिजिट भिसाका नाममा विदेश जानेसँग अपारदर्शी आर्थिक लेनदेन हुने गरेको भन्ने विषयमा अध्ययन गर्न उच्चस्तरीय न्यायीक आयोग गठन हुनुपर्ने उनीहरूको माग छ । यही माग राखेर उनीहरूले १३ जेठ गतेदेखि प्रतिनिधिसभामा विरोध गर्दै आएका छन्। 

सुरुमा वेल घेराउ र नाराबाजी गरेका रास्वपाका सांसदहरू पछिल्लो समय आफ्ना कुरा राख्ने र बाहिरिने गर्दै आएका छन् । राप्रपाले भने सुरुआतबाटै  बैठक बहिस्कार गरिरहेको छ। 

प्रकाशित मिति: १४:०६ बजे, बिहीबार, साउन ८, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्