Kathmandu Press

बुबाको हत्या अभियोगमा छोरा पक्राउ

म्याग्दी, वैशाख २९ : म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको सिममा ढुंगा प्रहार गरी आफ्नै बुबाको हत्या गरेको अभियोगमा आइतबार साँझ प्रहरीले एक जना....

बुबाको हत्या अभियोगमा छोरा पक्राउ

म्याग्दी, वैशाख २९ : म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको सिममा ढुंगा प्रहार गरी आफ्नै बुबाको हत्या गरेको अभियोगमा आइतबार साँझ प्रहरीले एक जनालाई पक्राउ गरेको छ। 

शनिबार राति १० बजे रत्नेचौरका २९ वर्षीय कुमार थापा मगरले आफ्नै बुबा ५१ वर्षीय मीनबहादुरलाई टाउकोमा ढुगा प्रहार गरेर घाइते बनाएका थिए। मीनबहादुरको उपचारका क्रममा पोखरामा आइतबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक किरणजङ्ग कुँवरले जानकारी दिए।

कुमारले प्रहार गरेको ढुंगाले अचेत भएका मीनबहादुरलाई बेनी अस्पतालमा उपचार सम्भव नभएपछि पोखराको मणिपाल अस्पतालमा रेफर गरिएको थियो। प्रनाउ कुँवरका अनुसार कुमारले ढुंगा प्रहार गरेको प्रत्यक्षदर्शी कुमारकी आमाले बयान दिएकी छिन्। साथै, कुमारले पनि स्वीकार गरेका छन्। 

'अभियु्क्तलाई नियन्त्रणमा लिइएको छ, थप अनुसन्धान भइरहेको छ,' प्रनाउ कुँवरले भने। अभियुक्त कुमारले पटकपटक बुबालाई आफ्नो इच्छानुसार काम नगरेको भन्दै आक्रमण गर्ने गरेका थिए। 

कुमारलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।

प्रकाशित मिति: १२:१४ बजे, सोमबार, वैशाख २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्