Kathmandu Press

गगन थापाले सुनाए संसदमा बाल कविता

काठमाडौं, वैशाख २९ : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले संसदमा बाल कविता सुनाएका छन्। सोमबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद....

गगन थापाले सुनाए संसदमा बाल कविता

काठमाडौं, वैशाख २९ : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले संसदमा बाल कविता सुनाएका छन्। सोमबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्पित गर्दै  कविता सुनाएका हुन्।

म  त भाग्यमानी 
छैन यहाँ देशको नक्सा मेटिएको
न त लिपुलेकलाई डोजरले रेटिएको !
यस्तो सबल सरकार छ, सीमा कसले मिच्नी
कोही छैनन् जोरी खोज्ने, छैनन् कोही हेप्नी !!
सयौं कोश हिँड्दा पनि श्रमिक छैनन् आहत
गरिबलाई सम्मान छ, सरकारबाट राहत !
विदेशमा कोही पनि अलपत्र छैनन्
दुःख पीडा सुनाउने ति नेपाली नै हैनन् !!
जनताको व्यथालाई ध्यान दिएर सुन्ने
कृषक, साना व्यापारीको सारै मर्म बुझ्ने !
भ्रष्टाचारलाई नसहने सरकारको छ नीति
हावादारी हल्ला हुन्, ओम्नी र यति
सरकार यस्तो इमानदार यस्तो स्वाभिमानी
आलोचना ग्रहण गर्छ सल्लाह सुझाव ठानी
सबैतिर वाह ! वाहै ! यस्तो विकास देख्दा  
पत्रकार नि दंग छन, यी समाचार लेख्दा !! 
कोमल हृदयका प्रधानमन्त्री, आँशुकवि हाम्रा 
दिन नबिराई सिर्जना छ, आहा कति राम्रा 
राहत खोज्दै आउनेलाई तिनै गीत दिउँला
गीत–कविता भट्याउँदै कालापानी जाउँला !!
सारा नेपाल हाँसेको छ, मेची–काली गाउँछ
आँसु आए बरु त्यही कविताले आउँछ
यस्तो नायक गजबका ल्यायौं जानीजानी  
अहो ! हामी नेपाली त सारै भाग्यमानी !!
अहो ! सारै भाग्यमानी
म त भाग्यमानी

प्रकाशित मिति: १२:११ बजे, सोमबार, वैशाख २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्