आत्महत्या गर्न बाध्य पारेको आरोपमा युवक पक्राउ
कैलाली, वैशाख २९ : कैलालीको गौरिगङ्गा नगरपालिका–९ शंखरपुरकी १९ वर्षीया युवतीलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गर....

कैलाली, वैशाख २९ : कैलालीको गौरिगङ्गा नगरपालिका–९ शंखरपुरकी १९ वर्षीया युवतीलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। शंखरपुरकी युवती लक्ष्मी देउवाको फेसबुक आइडीबाट उनका आफन्त तथा साथीहरुलाई अश्लील भिडियो तथा फोटोहरु पठाई चरित्र हत्या गरी आत्महत्या गर्न बाध्य पारेको आरोपमा प्रहरीले आइतबार कञ्चनपुरको बेलौरी नगरपालीका–७ का २३ वर्षीय सन्तराम चौधरीलाई पक्राउ गरिएको हो।
शनिबार युवतीले धनगढी उपमहानगरपालीका–६ जालीस्थित सुकुटी नालामा घाँटीमा पासो लगाई आत्महत्या गरेको भन्ने सूचनाका आधारमा प्रहरी टोलीले घटनामा संलग्न चौधरीलाई उक्त अश्लील भिडियो, फोटो र फेसबुक आइडी लगइन अवस्थामा मोबाइलमा फेला पारी पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











