Kathmandu Press

दिवेश पाेखरेल अमेरिकन आइडलको उत्कृष्ट सातमा

काठमाडौं, वैशाख २९ : विश्व प्रसिद्ध गायन प्रतिभाको खोज रियालिटी सो अमेरिकन आइडलको उपाधि यात्रामा नेपाली मूलका दिवेश पोखरेल प्रवल दावेदार बन्न पुगेका छ....

दिवेश पाेखरेल अमेरिकन आइडलको उत्कृष्ट सातमा

काठमाडौं, वैशाख २९ : विश्व प्रसिद्ध गायन प्रतिभाको खोज रियालिटी सो अमेरिकन आइडलको उपाधि यात्रामा नेपाली मूलका दिवेश पोखरेल प्रवल दावेदार बन्न पुगेका छन्।

उनले आइतबार उत्कृष्ट सातमा स्थान बनाएका छन्। आइडलको १८औँ संस्करणको उपाधि यात्रामा उनी उत्कृष्ट ११ बाट उत्कृष्ट सातमा पुग्न सफल भएका हुन्।

उत्कृष्ट ११ प्रतिस्पर्धीबीच मतका आधारमा आइतबार सर्वाधिक मत ल्याउने उत्कृष्ट सातको छनोट गरिएको हो। अमेरिकाको कन्सास राज्यको विचिटा शहरमा बस्दै आएका २२ वर्षीय दिवेशले अमेरिकन आइडलमा आर्थन गनको नामले प्रतिस्पर्धा गरिरहेका छन्।

दिवेशले उत्कृष्ट सातमा पर्ने क्रममा एनिमेटेड चलचित्र द लिटल मर्मेडको एलान मेनकनको शब्द र होवार्ड एस म्यानको सङ्गीत तथा एस्ले टिसडालेको गायन रहेको किस द गर्ल बोलको गीत गाएका थिए।

यो कार्यक्रम अमेरिकाको एबिसी टेलिभिजनबाट प्रसारण हुँदै आएको छ। उनको सहभागिताले नेपाली समुदायमा पनि अमेरिकन आइडलप्रति चासो बढेको छ।

प्रकाशित मिति: ०९:५३ बजे, सोमबार, वैशाख २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्