कोरोना कोषमा व्यवसायी शाक्यद्वारा १० लाख सहयोग
रुपन्देही, वैशाख २९ : व्यवसायी कृष्ण शाक्यले प्रदेश नं ५ सरकारले स्थापना गरेको कोरोना रोकथाम तथा उपचार कोषमा दश लाख जम्मा गरेका छन् । उनले आइतबा....
रुपन्देही, वैशाख २९ : व्यवसायी कृष्ण शाक्यले प्रदेश नं ५ सरकारले स्थापना गरेको कोरोना रोकथाम तथा उपचार कोषमा दश लाख जम्मा गरेका छन् । उनले आइतबार मुख्यमन्त्री शंकर पोखरेललाई सोबराबरको चेक हस्तान्तरण गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए ।
भैरहवास्थित तेजभक्त इन्टरनेशनलका सञ्चालक शाक्यले कोरोना महामारीविरुद्ध सबै मिलेर अघि बढ्दा मात्रै सफल हुन सकिने बताए । प्रदेश सरकारले स्थापना गरेको कोषमा अहिलेसम्म रु १४ करोड जम्मा भएको छ ।
कोषमा प्रदेश सरकारले दश करोड जम्मा गरेको थियो । सो कोषको रकम कोरोना उपचारमा खर्च भइरहेको छ । प्रदेश सरकारले चार कोरोना अस्पताल बनाएर कोरोना सङ्क्रमितको उपचार गरिरहेको छ । रासस