आगामी तीन दिन हावाहुरीसहित वर्षाको सम्भावना
काठमाडौं, वैशाख २९ : आगामी तीन दिन मेघगर्जन,चट्याङ्ग,असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौं, वैशाख २९ : आगामी तीन दिन मेघगर्जन,चट्याङ्ग,असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार देशका पहाडी भू भागका केहि स्थानहरुमा र तराईका थोरै स्थानहरुमा यस्तो सम्भावना रहेको छ ।
हाल देशमा पश्चिमी न्युन चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव हुनुका साथै बंगालको खाडीवाट भित्रिएको जलवाष्पयुक्त वायुको प्रभाव रहेको देखिएको महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: ०८:२८ बजे, सोमबार, वैशाख २९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार