रुसमा कोरोना संक्रमितको संख्या दुई लाख वढी
काडमाडौं, वैशाख २९ : रुसमा पछिल्लो २४ घण्टामा ११ हजार १२ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएसँगै कुल सङ्क्रमितको सङ्ख्या २ लाख ९ हजार ६ सय ८८ पुगेको छ ।....

काडमाडौं, वैशाख २९ : रुसमा पछिल्लो २४ घण्टामा ११ हजार १२ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएसँगै कुल सङ्क्रमितको सङ्ख्या २ लाख ९ हजार ६ सय ८८ पुगेको छ ।
आइतबार रुसमा ८८ जनाको ज्यान गएको पुष्टि भएको छ । अब रुसमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार नौ सय १५ भएको छ । रुसमा पछिल्लो एक हप्तादेखि प्रतिदिन १० हजारभन्दा धेरै नयाँ सङ्क्रमित थपिएका छन् ।
रुसी अधिकारीहरुले परीक्षणको दायरा बढाइएकोले यति धेरै सङ्ख्यामा सङ्क्रमण देखिएको दाबी गरिरहेका छन् ।
प्रकाशित मिति: ०६:४० बजे, सोमबार, वैशाख २९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











