Kathmandu Press

प्रहरीलाई दुर्व्यवहार गर्ने चार चिनियाँ नागरिकलाई १० दिन थुनामा राख्न अनुमति

काठमाडौं, वैशाख २८ : काठमाडौं जिल्ला प्रशासन कार्यालयले सिंहदरबार अगाडि प्रहरीलाई दुर्व्यहार गर्ने चार चिनियाँ नागरिकलाई हिरासतमा राख्न अनुमति दि....

प्रहरीलाई दुर्व्यवहार गर्ने चार चिनियाँ नागरिकलाई १० दिन थुनामा राख्न अनुमति
फाइल

काठमाडौं, वैशाख २८ : काठमाडौं जिल्ला प्रशासन कार्यालयले सिंहदरबार अगाडि प्रहरीलाई दुर्व्यहार गर्ने चार चिनियाँ नागरिकलाई हिरासतमा राख्न अनुमति दिएको छ।

आइतबार प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले अभद्र व्यहहार सम्बन्धी कसुरमा अनुसन्धानका लागि चार चिनियाँ नागरिकलाई १० दिन हिरासतमा राख्न अनुमति दिएका हुन्।

काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले पक्राउ परेका चिनियाँ नागरिकमाथि अभद्र व्यवहारको कसूरमा अनुसन्धान भइरहेको बताए। 

शुक्रबार सिंहदरबार गेट अगाडि स्वदेश फिर्तिको माग राख्दै प्रदर्शन गर्ने क्रममा चिनियाँ नागरिकले प्रहरीमाथि हातपात गरेका थिए। प्रहरीमाथि हातपात गर्ने चिनियाँ नागरिकलाई प्रहरीको टोलीले पक्राउ गरेको थियो।

चिनियाँ नागरिकको कुटपिटबाट महानगरीय प्रहरी वृत्त, सिंहदरबारका डीएसपी हरिबहादुर बस्नेतसहित दुई जना प्रहरी घाइते भएका थिए।
 

प्रकाशित मिति: २०:५२ बजे, आइतबार, वैशाख २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्