Kathmandu Press

बर्दघाट–सुस्ता पश्चिमबाट लागुऔषधसहित दुई पक्राउ

नवलपरासी, वैशाख २८ : लागुऔषधसहित दुई युवा नवलपरासी (बर्दघाट– सुस्ता पश्चिम)बाट आज पक्राउ परेका छन्। बन्दाबन्दीको मौकाछोपी लागुऔषध ओसारपसार ....

बर्दघाट–सुस्ता पश्चिमबाट लागुऔषधसहित दुई पक्राउ

नवलपरासी, वैशाख २८ : लागुऔषधसहित दुई युवा नवलपरासी (बर्दघाट– सुस्ता पश्चिम)बाट आज पक्राउ परेका छन्। बन्दाबन्दीको मौकाछोपी लागुऔषध ओसारपसार गरिरहेका अवस्थामा जिल्लाको भारतीय सीमावर्ती क्षेत्र प्रतापपुर गाउँपालिका–५ बसहियाबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।  

पक्राउ पर्नेमा बर्दघाट नगरपालिका–६ का २८ वर्षीय विजय चौधरी र २५ वर्षीय सुनिल चौधरी रहेको जिल्ला प्रहरी कार्यालय परासीका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए। उनीहरुका साथबाट ओनरेक्स सिरफ १०० मिलिलिटरको चार बोतल, नाइट्रोभेट पाँच फाइन (प्रति फाइल पन्ध्र चक्की) र स्पास्मो ५४ फाइल (प्रतिफाइल आठ क्याप्सुल) बरामद गरिएको छ।

भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका ती युवा प्रहरीचौकी बसहियाबाट खटिएको गस्ती टोलीलाई देखेर भाग्न थालेपछि प्रहरीले पक्राउ गरी सोधपुछ गर्दा लागुऔषध बरामद भेटिएको प्रनाउ थापाले बताए। उक्त कार्यमा संलग्न अन्यको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १९:३७ बजे, आइतबार, वैशाख २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्