Kathmandu Press

विदेशमा रहेका नेपालीको उद्धार गर्न २० करोड ‘सिडमनी’ व्यवस्था गर्न एनआरएनएको  माग

काठमाडौं, वैशाख २८ : गैरआवासीय नेपाली संघ (एनआरएनए)ले कोभिड–१९ बाट प्रभावित मध्यपूर्वी मुलुकमा रहेका नेपालीको अवस्थाबारेमा जानकारी लिए....

विदेशमा रहेका नेपालीको उद्धार गर्न २० करोड ‘सिडमनी’ व्यवस्था गर्न एनआरएनएको  माग

काठमाडौं, वैशाख २८ : गैरआवासीय नेपाली संघ (एनआरएनए)ले कोभिड–१९ बाट प्रभावित मध्यपूर्वी मुलुकमा रहेका नेपालीको अवस्थाबारेमा जानकारी लिएको छ। 

एनआरएनको मध्यपूर्व क्षेत्रका प्रतितिधि र नेपाली नियोगका प्रतिनिधि सहभागी ‘भर्चुअल’ बैठकमा कोभिड–१९ का कारण प्रभावित नेपालीको वर्तमान अवस्थाका बारेमा छलफल भएको थियो। 

बैठकमा बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले सकारात्मक सूचना सम्प्रेषण गरी नेपालीको मनोबल उच्च बनाउन सबैले भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए। कतारका लागि नेपाली राजदूत नारद भारद्वाजले नेपाल सरकारले प्राथमिकता क्रम छुट्याई नेपाल जानै पर्ने अवस्थाका नेपाली नागरिकलाई नेपाल लैजाने तयारी गरिरहेको जानकारी दिएका थिए।

कोरोनाका कारण कति समयसम्म अन्तर्राष्ट्रिय उडान रोकिन्छ भन्ने यकिन नभएकाले सो अवधिसम्म धैर्य गर्न उनले आग्रह गरे। संघका अध्यक्ष कुमार पन्तले मध्यपूर्वमा रहेका नेपाली कामदारको स्वास्थ्यलाई लिएर आफूहरु अत्यन्तै चिन्तित रहेको भन्दै महामारीबाट बच्न सबैको सहयोगको खाँचो औँल्याए।

संघका उपाध्यक्ष बद्री केसीले नेपाली कामदारको उद्धारका लागि २० करोड रूपैयाँसम्मको ‘सिड मनी’को व्यवस्था गर्न नेपाल सरकारलाई प्रस्ताव गरिएको बताए। 

संघको वैदेशिक रोजगार समितिका संयोजकसमेत रहेका केसीले विदेशमा अलपत्र परेका ११२ नेपालीको शव नेपाल लैजान तत्कालै कदम चाल्नुपर्नेम जोड दिए।

बैठकले स्वास्थ्य टोली गठन गरी कोभिड–१९ बाट नेपाली प्रभावित भएका ठाउँमा परिचालन गर्नुपर्ने, हटलाइनको व्यवस्था गरी समस्यामा परेका नेपालीलाई सहयोग गर्नुपर्ने, राहत तथा औषधिका लागि स्वास्थ्य कोषको व्यवस्था गर्नुपर्नेमा जोड दिएको थियो। रासस 
 

प्रकाशित मिति: १९:२२ बजे, आइतबार, वैशाख २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्