अतिक्रमित भूमि फिर्ताको माग गर्दैै नेकपाका ६ सांसदले दर्ता गराए संकल्प प्रस्ताव
काठमाडौं, वैशाख २८ : भारतले अतिक्रमण गरी आफ्नो राजनीतिक र प्रशासनिक नियन्त्रणमा राखेको नेपाली भू–भाग फिर्ता ल्याउन माग गर्दै सत्तासीन....

काठमाडौं, वैशाख २८ : भारतले अतिक्रमण गरी आफ्नो राजनीतिक र प्रशासनिक नियन्त्रणमा राखेको नेपाली भू–भाग फिर्ता ल्याउन माग गर्दै सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का आधा दर्जन सांसदहरुले संसदमा संकल्प प्रस्ताव दर्ता गरेका छन्।
अतिक्रमित नेपाली भूभाग फिर्ता ल्याउन माग गर्दै नेकपाका सांसदहरु गणेश ठगुन्ना, रामकुमारी झाँक्री, दिपक प्रकाश भट्ट, गणेश कुमार पहाडी, जीवनराम श्रेष्ठ र यज्ञवहादुर बोगटीले आइतबार संसद सचिवालयमा संकल्प प्रस्ताव दर्ता गरेका हुन्।
संकल्प प्रस्तावमा दार्चूलाको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको सम्पूर्ण भू–भाग नेपालको रहेको कुरा ऐतिहासिक प्रमाण, तथ्यहरु, विभिन्न समयमा नेपाल र भारत दुवै सरकारबाट प्रकाशित नक्काहरुले प्रमाणीत गरेको दाबी गरिएको छ।
सन् १८१६ को सुगौली सन्धिले स्पष्ट गरेको लिम्पियाधुराबाट निस्किने कुटीयाङ्दी नै महाकाली नदी भएकाले सो पूर्वको करिवा ४०० बर्ग किमी नेपाली भूभाग भारतले अतिक्रमण गरी आफ्नो राजनीतिक र प्रकाशनिक नियन्त्रणमा राखेको उनीहरुको दाबी छ।
उनीहरुले उक्त भूभाग फिर्ता लिई नेपालको राजनीतिक र प्रशासनिक उपस्थिति कायम गर्न गराउन संकल्प प्रस्तावमा माग गरेका छन्।












