नेकपा सांसद अधिकारीद्वारा संसदमा छुट्टै संकल्प प्रस्ताव दर्ता
काठमाडौं, वैशाख २८ : भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउने विषयमा संसद सचिवालयमा संकल्प प्रस्ताव दर्ता भएको छ।
सत्तासी....

काठमाडौं, वैशाख २८ : भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउने विषयमा संसद सचिवालयमा संकल्प प्रस्ताव दर्ता भएको छ।
सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद खगराज अधिकारीले आइतबार संसद सचिवालयमा संकल्प प्रस्ताव दर्ता गरेका हुन्। उनले भारतले नेपालको सीमा मिचेर संरचना निर्माण गरेको सन्दर्भमा संकल्प प्रस्ताव दर्ता गराएको संसद सचिवालयले जनाएको छ।
नेपाली भूमिबाट विदेशी फौज तत्काल फिर्ता हुन, त्रिदेशीय सीमाको निक्र्यौल संयुक्त राष्ट्र संघको वडापत्र, पञ्चशीलको सिद्धान्त र अन्तर्राष्ट्रिय सन्धि सम्झौताका आधारमा निक्र्यौल गर्न नेपालको संविधानको धारा ५ मा आधारिक राष्ट्रिय हितमा सिंगो राष्ट्रलाई एकताबद्ध गराउन आफूले संकल्प प्रस्ताव दर्ता गरेको सांसद अधिकारीले बताए।
नेपालको भूभाग कसैबाट कुनै पनि प्रकारले हडप्ने काम हुन नदिन र मुद्दालाई द्विपक्षीय वार्ता र अन्य अन्तर्राष्ट्रिय मान्यताका आधारमा अघि बढाएर समाधान गर्न सकल्प प्रस्तावमा माग गरेका छन्।











