सरकारी पक्ष भएका मुद्दाको सुनुवाइ गर्ने सार्वोच्चको निर्णय
काठमाडौं, वैशाख २८ : सर्वोच्च अदालतले सरकार पक्ष भएका मुद्दाको सुनुवाइ गर्ने भएको छ। आज बसेको सर्वोच्चको पूर्ण बैठकले सोमबारदेखि अदालतका कामकारवाहीमा ....

काठमाडौं, वैशाख २८ : सर्वोच्च अदालतले सरकार पक्ष भएका मुद्दाको सुनुवाइ गर्ने भएको छ। आज बसेको सर्वोच्चको पूर्ण बैठकले सोमबारदेखि अदालतका कामकारवाहीमा केही खुकुलो बनाउँदै सरकार पक्षभएका मुद्दाहरुको सुनुवाई गर्ने निर्णय गरेको हो।
बन्दाबन्दीको अवधि थपिँदै गएपछि सर्वोच्चले स्वास्थ्य सुरक्षाका निर्धारित मापदण्डको अवलम्बन गर्दै मुद्दा सुनुवाइको काम अगाडि बढाउने निर्णय गरेको हो। निर्णय अनुसार भोलिदेखि नेपाल सरकार निवेदक भएको मुद्दा दोहोर्याई पाऊँ भन्ने निवेदन, पुनरावेदन अनुमतिको निवेदन र विपक्षी झिकाउने आदेश नभएका, नेपाल सरकारको तर्फबाट परेको पुनरावेदन तथा साधक जाँचका लागि आएका मुद्दाको सुनुवाइ हुनेछ।
त्यस्तै, कोरोना भाइरस संक्रमणको जोखिम नियन्त्रणमा आउन समय लाग्ने भएकाले बन्दाबन्दीको अवधिमा के कस्ता सेवा प्रवाह गर्न सकिन्छ तीन दिनभित्र उच्च र जिल्ला अदालतमा प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ। साथै, बन्दाबन्दीको अवधिपश्चात क्रमशः सुचारू गर्न सकिने कामकारवाही पनि प्रतिवदेनमा समावेश आग्रह गरेको छ।











