Kathmandu Press

पोखरामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन

पोखरा, वैशाख २८ : कास्कीको पोखरामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन भएको छ। 

लिपुलेकको नेपाली भूमि अतिक्रमण गरेर ति....

पोखरामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन

पोखरा, वैशाख २८ : कास्कीको पोखरामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन भएको छ। 

लिपुलेकको नेपाली भूमि अतिक्रमण गरेर तिब्बतको मानसरोबर जोड्ने सडक बनाएको विरोधमा सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियुका कार्यकर्ताले आइतबार दिउँसो भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन गरेका हुन्। 

मोदीको पुत्ला दहन गर्ने अनेरास्ववियुका केन्द्रीय सदस्य शितिज सापकोटासहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। भारतले एकतर्फीरूपमा नेपालको भूगोलमा रहेको लिम्पियाधुरा, लिपुलेक र कालापानीबाट चीनको स्वशासित क्षेत्र तिब्बतको मानसरोवर जोड्ने सडकको शुक्रबार उद्घाटन गरेको थियो।

भारतले नेपाली भूमि अतिक्रमण गरेर मानसरोबर जोड्ने बाटो बनाएको भन्दै देशभर चर्को विरोध भइरहेको छ। आइतबार बसेको संसद बैठकमा सत्तासीन दल र प्रतिपक्षी दलका नेताहरुले भारतले नेपाली भूमिक अतिक्रमण गरेको विषयमा सरकारको जवाफ माग समेत गरेका थिए। 
 

प्रकाशित मिति: १५:४३ बजे, आइतबार, वैशाख २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्