Kathmandu Press

राप्रपाको विवाद उत्कर्षमा, अध्यक्ष लिङदेनविरुद्ध निर्वाचन आयोगमा उजुरी 

गत असार २५ गते अध्यक्ष राजेन्द्र लिङदेनले नेता सुवेदीलाई अनुशासन समितिको अध्यक्षबाट हटाएपछि आन्तरिक विवाद चर्कोको थियो । सुवेदीको स्थानमा लिङदेनले नेतृ रोशन कार्कीलाई मनोनयन गरेका थिए। 
राप्रपाको विवाद उत्कर्षमा, अध्यक्ष लिङदेनविरुद्ध निर्वाचन आयोगमा उजुरी 

काठमाडौं, असार २९ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आन्तरिक विवाद उत्कर्षमा पुगेको छ। 

केन्द्रीय अनुशासन समितिबाट हटाइएपछि वरिष्ठ नेता नवराज सुवेदी समूहले पार्टी अध्यक्ष लिङदेनविरुद्ध निर्वाचन आयोगमा उजुरी दिएको छ। 

गत असार २५ गते अध्यक्ष राजेन्द्र लिङदेनले नेता सुवेदीलाई अनुशासन समितिको अध्यक्षबाट हटाएपछि आन्तरिक विवाद चर्कोको थियो । सुवेदीको स्थानमा लिङदेनले नेतृ रोशन कार्कीलाई मनोनयन गरेका थिए। 

त्यही निर्णयविरुद्ध पार्टीका पूर्वअध्यक्ष प्रकाशचन्द्र लोहनी, महामन्त्रीद्वय धवलशमशेर जबरा र कुन्ती शाही लगायत नेताहरु आइतबार उजुरी दिन आयोग पुगेका छन्।

उजुरी दिएर फर्किनेक्रममा सुवेदीले सञ्चारकर्मीसँग भने, ‘पार्टीको निर्णयबिना अध्यक्षको स्वेच्छाचारिताले मलाई अनुशासन समितिबाट हटाइएको छ। केन्द्रीय समितिको बैठकबाट कुनै निर्णय भएको छैन । अध्यक्ष लिङदेनले प्राकृतिक न्यायको खिलापमा निर्णय गर्नुभयो। मलाई सोधिएको पनि छैन । मिडियाबाट थाहा पाएँ।’ 

नेता सुवेदीले पार्टीभित्र षड्यन्त्र नहोस् भनेर उजुरी गर्न आएको पनि बताए। साथै, सुवेदीले राजसंस्था पुनस्र्थापनको आन्दोलन जारी रहेको पनि बताए। 

प्रकाशित मिति: १३:४७ बजे, आइतबार, असार २९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्