Kathmandu Press

पूर्व निर्वाचन आयुक्त शर्माको हृदयघातबाट निधन 

नर्भिक अस्पतालमा उपचार क्रममा उनको शनिबार राति निधन भएको हो। शर्माको आज पशुपति आर्यघाटमा दाहासंस्कार गरिने भएको छ। 
पूर्व निर्वाचन आयुक्त शर्माको हृदयघातबाट निधन 

काठमाडौं, जेठ २६ : पूर्व निर्वाचन आयुक्त इला शर्माको निधन भएको छ।

नर्भिक अस्पतालमा उपचार क्रममा उनको शनिबार राति निधन भएको हो। शर्माको आज पशुपति आर्यघाटमा दाहासंस्कार गरिने भएको छ। 

एक्कासी छाती दुखेपछि उपचार गराउन नर्भिक अस्पताल गएकी शर्मालाई साँझ मृत घोषणा गरिएको थियो । शर्माको हृदयघातका कारण निधन भएको बताइएको छ। 

शर्मा द राइजिङ नेपालकी पूर्वपत्रकार समेत रहेकी थिइन्। उनी २०६९ देखि २०७५ फागुनसम्म निर्वाचन आयुक्तको जिम्मेवारीमा थिइन्। ६३ वर्षीया शर्माका दुई छोरी छन्। 

प्रकाशित मिति: १२:३५ बजे, आइतबार, असार २९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्