Kathmandu Press

सीमानामा काँडेतार लगाउन राष्ट्रिय युवासंघ र अनेरास्ववियूको माग

काठमाडौं, वैशाख २८ : सत्तारुढ नेकपा निकट भातृसंगठनहरु राष्ट्रिय युवासंघ नेपाल र अनेरास्ववियूले सीमानाकामा काँडेतार लगाएर नेपालको भूमी रक्षा गर्न सरकार....

सीमानामा काँडेतार लगाउन राष्ट्रिय युवासंघ र अनेरास्ववियूको माग

काठमाडौं, वैशाख २८ : सत्तारुढ नेकपा निकट भातृसंगठनहरु राष्ट्रिय युवासंघ नेपाल र अनेरास्ववियूले सीमानाकामा काँडेतार लगाएर नेपालको भूमी रक्षा गर्न सरकारसँग माग गरेका छन्। आइतबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई उनकै कार्यकक्षमा ज्ञापनपत्र बुझाउँदै राष्ट्रिय युवा संघका संयोजन रामप्रसाद सापकोटा दीपशिखा, सहसंयोजक रमेश पौडेल, अनेरास्ववियुका संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङले भारतको विस्तारवादी रवैया सुगौली सन्धिविरूद्धमा भएको बताएका हुन्।

विश्व कोरोना भाइरसबाट आक्रान्त भएको समयमा इतिहासका तथ्य तथा प्रमाणलाई कुल्चिए भारतले नेपाली भूमी मिच्दै एकतर्फी सडक निर्माण गरेकोप्रति दुवै संगठनले आपत्ती जनाएको छ। ‘सुगौली सन्धिअनुसार महाकाली नदी पूर्व, लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूभाग हो भन्ने स्पष्ट छ,’ ज्ञापन पत्रमा भनिएको छ, ‘नावी र गुञ्जी क्षेत्रमा नेपालकै टीमले जनगणना गरेका तथ्यलेसमेत लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूभाग हुन् भन्ने पुष्टि गर्दछ।’

बिज्ञप्तीमार्फत संगठनले सीमा रक्षाका लागि सीमानाकामा सुरक्षा फौज राख्न, काँडेतार लगाउन र सीमा सम्बन्धि विवादको दिर्घकालिन समाधान खोज्नको लागि निर्णयक पहल लिन माग गरेका छन्। साथै, केही समयअघि भारतले सार्वजानिक गरेको राजनीतिक नक्सा खारेजी गर्न र नेपाली भूमि अतिक्रमण गरि बनाइएको सडक सञ्चालनमा तत्काल रोक लगाउन कुटनीतिक कदम चाल्न माग गरेका छन्।

प्रकाशित मिति: १५:२९ बजे, आइतबार, वैशाख २८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्