Kathmandu Press

एक लाख रुपैयाँ घुससहित वन अधिकृत पक्राउ

काठमाडौं, वैशाख २८ : नुवाकोटका डिभिजन वन कार्यालयका प्रमुख डिभिजन वन अधिकृत जयमंगल प्रसाद एक लाख घुससहित पक्राउ परेका छन्। 

अख्तियार दु....

एक लाख रुपैयाँ घुससहित वन अधिकृत पक्राउ
सांकेतिक

काठमाडौं, वैशाख २८ : नुवाकोटका डिभिजन वन कार्यालयका प्रमुख डिभिजन वन अधिकृत जयमंगल प्रसाद एक लाख घुससहित पक्राउ परेका छन्। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टङ्गालबाट खटिइएको टोलीले वन अधिकृत जयमंगललाई घुससहित रंगेहात पक्राउ गरेको हो।  खानीसम्बन्धी कामका लागि विभिन्न बहाना गरी काममा अवरोध सिर्जना गर्दै सेवाग्राहीसँग घुस माग्दै आएका थिए।

उनलाई अख्तियारको टोलीले घुससहित विदुर नगरपालिका–२ नुवाकोटस्थित डिभिजन वन कार्यालय परिसरबाटै पक्राउ गरेको थियो। उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

प्रकाशित मिति: १५:०३ बजे, आइतबार, वैशाख २८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्