भक्तपुर अस्पताललाई सुरक्षा सामग्री प्रदान
काठमाडौं, वैशाख २८ : कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा खटिरहेका भक्तपुर अस्पतालका स्वास्थ्यकर्मीको लागि आवश्यक....

काठमाडौं, वैशाख २८ : कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा खटिरहेका भक्तपुर अस्पतालका स्वास्थ्यकर्मीको लागि आवश्यक व्यक्तिगत सुरक्षा सामग्रीहरु प्रदान गरिएको छ।
बुधबार भक्तपुर नगरपालिका मेयर सुनिल प्रजापतीले स्वास्थ्यकर्मीका लागि सुरक्षा सामग्री हस्तान्तरण गरेका छन्। उनले पिपिई ४० सेट, एन–९५ मास्क ४० वटा, फेस सिल्ड १० वटा, आई गगल्स–१० वटा हस्तान्तरण गरेका हुन्।
कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचारको पहिलो घेरामा बसी काम गरिरहेका स्वास्थ्यकर्मीलाई सुरक्षाको प्रत्याभूति दिंदै मनोबल उच्च पार्न स्थानीय तहले यथासक्य सहयोग गरिरहेको बताए।
त्यस्तै, नगरपालिकामा कोरोना रोकथाम तथा नियन्त्रणका लागि विशेष सरसफाइ, चेतनामूलक कार्यक्रम, जात्रा, पर्व, सांस्कृतिक कार्यक्रम व्यवस्थापन, खाद्य र तरकारी बजार व्यवस्थापनलगायतका काममा स्थानीय स्वयंसेवक परिचालन गरिँएको बताए।











