Kathmandu Press

गौतमबुद्ध विमानस्थलको निर्माण अघि बढ्दै

भैरहवा, वैशाख २८ : नदीजन्य निर्माण सामग्रीको अभावका कारण प्रभावित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको निर्माण  अगाडि बढेको छ। बुटवल उपमहानगरपालि....

गौतमबुद्ध विमानस्थलको निर्माण अघि बढ्दै

भैरहवा, वैशाख २८ : नदीजन्य निर्माण सामग्रीको अभावका कारण प्रभावित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको निर्माण  अगाडि बढेको छ। बुटवल उपमहानगरपालिकाले नदीजन्य पदार्थ उपलब्ध गराएपछि निर्माण अघि बढेको विमानस्थल आयोजना शाखाले जनाएको छ।

उपमहानगरपालिकाले आयोजनाका लागि तिनाउ नदीबाट नदीजन्य सामग्री बालुवा र गिट्टी उपलब्ध गराएपछि विमानस्थल निर्माण अगाडि बढेको विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिए। राष्ट्रिय गौरवको आयोजना निर्माणका लागि सरकारले पुनःसञ्चालन गर्ने निर्देशन दिएसँगै  विमानस्थल निर्माणका लागि स्थानीय प्रशासनसंँगको सहकार्यमा निर्माण कम्पनीले काम निरन्तरता दिएको हो। बन्दाबन्दीका कारण केही समय सुस्ताएको विमानस्थलको निर्माण नदीजन्य पदार्थ बालुवा र गिट्टीको सहजतासँगै ११ किमी पेरिमिटरको सडक निर्माण, टर्मिनल भवन र एप्रोनबीचको भाग ढलान भइरहेको विमानस्थल आयोजना प्रमुख अधिकारीले बताए। धावन मार्ग, अन्तरराष्ट्रिय टर्मिनल भवन, ट्याक्सी वे, सिसिटिभी, रेस्क्यु एण्ड फायर फाइटिङ, कन्ट्रोल टावर, प्राविधिक उपकरण जडान र प्रशासनिक भवनलगायत ९० प्रतिशत कार्य सम्पन्न गरिसकेको विमानस्थल निर्माण कम्पनीले सन् २०२० मार्च ३१ सम्म  सम्पन्न गर्ने अन्तिम म्याद रहेको जनाएको छ। 

नेपाली र चिनियाँ कामदारले आन्तरिक आइसोलेशनमा बसेर निर्माण अगाडि बढाए पनि चीनबाट ल्याउनुपर्ने प्राविधिक उपकरण उतै रोकिएकाले निर्माण केही समय पछाडि धकलिने निर्माण कम्पनीले जनाएको छ। चिनियाँ कम्पनी नर्थ वेष्ट सिभिल एभिएशनले सन २०१४ डिसेम्बर ३१ मा ६ अर्ब २२ करोड ५१ लाख २० हजार २२७ रुपैयाँमा ग्लोबल टेन्डरमार्फत विमानस्थल निर्माणको जिम्मा लिएको हो।  सन् २०१७ डिसेम्बरसम्म निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता म्याद थियो।  निर्माण कम्पनीले मधेश आन्दोलन,  नाकाबन्दी र आन्तरिक कारण देखाउँदै यसअघि चार पटक  म्याद थपिसकेको छ। एशियाली विकास बैंक ऋण सहयोगमा निर्माण भइरहेको सो विमानस्थल त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलभन्दा ठूलो हुने छ जुन ७८७ बिघा क्षेत्रफलमा निर्माण भइरहेको छ।

प्रकाशित मिति: १३:२८ बजे, आइतबार, वैशाख २८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्