भारतीय अतिक्रमणको विरोधमा काठमाडाैंमा प्रदर्शन
काठमाडौं, वैशाख २८ : नेपाली भूमि भएर भारतले सडक बनाएको विरोधमा प्रदर्शन गरिएको छ। आइतबार काठमाडौंका विभिन्न स्थानमा विद्यार्थीले प्रदर्शन गरेका छन्।
काठमाडौं, वैशाख २८ : नेपाली भूमि भएर भारतले सडक बनाएको विरोधमा प्रदर्शन गरिएको छ। आइतबार काठमाडौंका विभिन्न स्थानमा विद्यार्थीले प्रदर्शन गरेका छन्।
भारतले पिथौरागढहुँदै तिब्बतको मानसरोवर जोड्न सकड निर्माण गरेको छ। जुन नेपालको दार्चुलास्थित लिपुलेक मिचेर बनाइएको छ। त्यसको विरोधमा मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवाद) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले प्रदर्शन गरेको हो। क्रान्तिकारीका विद्यार्थीले नयाँ बानेश्वरस्थित संघीय संसद् भवन अगाडि प्रदर्शन गरेको हो।
आइतबार संसद् भवनको दुई नम्बर गेट अगाडि प्रदर्शनमा उत्रिका विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दश जना विद्यार्थीलाई नियन्त्रणमा लिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ।
विद्यार्थीहरुले शनिबार पनि प्रदर्शन गरेका थिए। उनीहरुलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो।