Kathmandu Press

कोरोना संक्रमणबाट बेलायतमा थप एकजना भूपू गोरखा सैनिकको निधन 

काठमाडौं, बैशाख २८ : कोरोनाको सङ्क्रमणबाट बेलायतमा थप एक भूपू गोरखा सैनिकको निधन भएको छ ।

श्वासप्रश्वासको समस्या देखिएपछि मेडिस्टोन  अस....

कोरोना संक्रमणबाट बेलायतमा थप एकजना भूपू गोरखा सैनिकको निधन 

काठमाडौं, बैशाख २८ : कोरोनाको सङ्क्रमणबाट बेलायतमा थप एक भूपू गोरखा सैनिकको निधन भएको छ ।

श्वासप्रश्वासको समस्या देखिएपछि मेडिस्टोन  अस्पतालमा १० दिनअघि भर्ना गरिएका ७७ वर्षीय कर्णबहादुर राईको उपचारका क्रममा निधन भएको लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले जानकारी दिए ।

ताप्लेजुङ मैवाखोला स्थायी घर भई राई विगत तीन वर्षदेखि बेलायतको मेडिस्टोनमा आफ्ना श्रीमती, एक छोरा र एक छोरीसहित बस्दै आएको थिए । हालसम्म बेलायतमा कोरोनाबाट मृत्यु हुने नेपालीको सङ्ख्या ४५ पुगेको छ । (रासस) 
 

प्रकाशित मिति: ०८:१५ बजे, आइतबार, वैशाख २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्