Kathmandu Press

भारतले भन्यो- लिपु लेकको सडक भारतीय भूमिमा हो

काठमाडौं, वैशाख २७ : भारतले नेपाली भूमि लिपुलेकमा बनाएको सडकबारे नेपालले जनाएको चासोको जवाफ दिएको छ । भारतीय विदेश मन्त्रालयले लिपु लेक हुदै मानस....

भारतले भन्यो- लिपु लेकको सडक भारतीय भूमिमा हो

काठमाडौं, वैशाख २७ : भारतले नेपाली भूमि लिपुलेकमा बनाएको सडकबारे नेपालले जनाएको चासोको जवाफ दिएको छ । भारतीय विदेश मन्त्रालयले लिपु लेक हुदै मानसरोवर जाने सडक निर्माण भएको क्षेत्र पूर्णरुपमा आफ्नो सिमानाभित्र रहेको दावी गरेको छ । 

शनिबारसाँझ भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै उत्तराखण्डको पिथरागढ जिल्लामा मानसरोवर जाने बाटो बनाएको जनाएको छ । 'पिथरागढ क्षेत्रमा हालै उद्घाटन भएको सडक पूर्णरुपमा भारतीय सिमाभित्र पर्छ, विज्ञप्तिमा भनिएको छ,'  'पहिलेदेखि कैलाश मानसरोवर जाने धमालम्विहरुले प्रयोग गरेको बाटोमानै सडक बनाएको हो ।'

भारतको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा नेपाल र भारतबीच सिमा विवाद सुल्झाउने विषयमा द्धिपक्षिय संयन्त्रण निर्माण भैसकेको र भारत कूटनीतिक पहलबाट सिमा विवाद समाधान गर्न तयार रहेको पनि उल्लेख गरिएको छ । 

नेपाल सरकारले भारतले लिपुलेक हुँदै मानसरोवर जाने सडक बनाएर उद्घाटन गरेपछि विज्ञप्ति मार्फत आपत्ति जनाएको थियो ।

प्रकाशित मिति: २२:१३ बजे, शनिबार, वैशाख २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्