Kathmandu Press

आइतबार र सोमबार काठमाडौंका केही ठाउँमा लोडसेडिङ हुने

काठमाडौं, वैशाख २७ : नेपाल विद्युत प्राधिकरणले आइतबार र सोमबार राजधानीका केही स्थानमा विद्युत् सेवा कटौती हुने जनाएको छ। 

प्राधिकर....

आइतबार र सोमबार काठमाडौंका केही ठाउँमा लोडसेडिङ हुने

काठमाडौं, वैशाख २७ : नेपाल विद्युत प्राधिकरणले आइतबार र सोमबार राजधानीका केही स्थानमा विद्युत् सेवा कटौती हुने जनाएको छ। 

प्राधिकरणका अनुसार कुलेश्वर वितरण केन्द्रअन्तर्गतको कलंकीदेखि  ढुंगेधारासम्मको चक्रपथ र सितापाइलादेखि रामकोटसम्मको सडक विस्तार कार्यका लागि स्वीचाटार–स्वयम्भु  फिडरबाट वितरित लाइन काटिने जनाएको हो। 

ती स्थानको विद्युत् लाइन छुटाइ तथा सितापाइला गोल्छा चोकसँगैको स्विच काटी कार्य गर्नुपर्ने भएकाले विद्युत् कटौती गर्न लागिएको प्राधिकरणका सूचना अधिकारी लिला अर्यालले जानकारी दिए। सो फिडरअन्तर्गत बुढाथोकी कोल्ड स्टोर, मुसलवान टोल, बुढानिलकण्ठ मन्दिर, टेम्पो पार्क, सिभिल होम्स, टौखेल, अलकत्रा कारखाना, थापाचोक, रामकोट, आदेश्वर, छत्रेदेउरालीलगायतका स्थानमा विद्युत् अवरुद्ध हुने भएको छ। 

ती क्षेत्रका ग्राहकमा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमा माग्दै तोकिएको काम समय अगावै सम्पन्न भएको खण्डमा विद्युत् सेवा उपलब्ध हुने जनाएको छ। 

प्रकाशित मिति: १९:२५ बजे, शनिबार, वैशाख २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्